स्थानीय तह : गाडी किन्नमै रु ११ करोड खर्च

सोमबार, ०६ जेठ २०७६, १८ : १९ नागरिक

डोटी– जिल्लाका नौ स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरीदमा झण्डै रु ११ करोड खर्च गरेका छन्। स्थानीय तहको निर्वाचन भइसकेपछि विसं २०७४ साउनदेखि विसं २०७५ चैतसम्मको अवधिमा रु १० करोड ९३ लाख ८६ हजार ८२९ गाडी खरीदमा खर्च गरेका छन्। 

गाडी खरीदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको पाइएको छ। नगरपालिकाभन्दा यहाँका गाउँपालिकाले गाडी खरीद बढी गरेका छन्। जिल्लाका अधिकांश स्थानीय तहसँग एक्साभेटर र डोजर छन्। कतिपय किन्ने तयारीमा छन्। तर, डोजर प्रयोगको नीति नियम पालना भएको छैन।

पूर्वीचौकीले हालसम्म रु दुई करोड ६७ लाख ५५ हजार ६५२ विभिन्न सवारी साधन खरीदमा खर्च गरेको छ। दश मोटरसाइकल खरीदमा रु २४ लाख ९७ हजार २०० खर्च भएको छ। त्यस्तै रु ३७ लाख २० हजारमा पिकअप जीप, रु एक करोड २३ लाख ६२ हजार ४५० एक्साभेटर खरीद गरिएको छ। यसैगरी रु ८१ लाख ७६ हजारमा दुईवटा बस पनि सो गाउँपालिकाले किनेको छ।

शिखर नगरपालिकाले रु एक करोड ५४ लाख २९ हजार ३०० खर्च गरेर विभिन्न गाडी किनेको पाइएको छ। दुई नगर बसमा रु ५६ लाख ६० हजार, टिपरमा रु ३८ लाख ६९ हजार, जीपमा रु ३६ लाख ९५ हजार, आठ मोटरसाइकल खरीदमा रु २० लाख २६ हजार ४०० र एउटा स्कुटरमा रु एक लाख ७८ हजार ९०० खर्च गरेको देखिएको छ। 

दिपायल सिलगढी नगरपालिकाले रु एक करोड छ लाख ८७ हजार ४८९ मा गाडी खरीद गरेको छ। उक्त नगरपालिकाले रु ३४ लाख आठ हजार ६५० मा १५ मोटरसाइकल खरीद गरेको पाइएको छ। त्यस्तै दुई नगर बसमा रु ५१ लाख ९० हजार, एउटा ट्याक्टरमा रु १६ लाख ३८ हजार ८८४ र सक्सनम ट्याङ्कमा रु चार लाख ५० हजार खर्च गरेको छ। 

बडीकेदार गाउँपालिकाले विभिन्न गाडी खरीदमा रु एक करोड ८१ लाख ७९ हजार १०० खर्च गरेको छ। सो गाउँपालिकामा रु एक करोड २० लाखमा एउटा सडक खन्ने एक्साभेटर, रु ३८ लाख ७० हजारमा एउटा पिकअप जीप र रु २३ लाख नौ हजार १०० मा नौ मोटरसाइकल खरीद गरिएको छ।

त्यस्तै सायल गाउँपालिकाले गाडी खरीदमा रु एक करोड ५६ लाख १६ हजार २०० खर्च गरेको पाइएको छ। सो गाउँपालिकाले रु सात लाख ४६ हजार २०० मा तीन वटा मोटरसाइकल खरीद गरेको छ। यस्तै महिन्द्रा बोलेरो जीपमा रु २३ लाख ८५ हजार र एक्साभेटरमा रु एक करोड २४ लाख ८५ हजार खर्च गरेको देखिएको छ। 

केआई सिंह गाउँपालिकाले सबैभन्दा धेरै १७ वटा मोटरसाइकल खरीद गरेको छ। मोटरसाइकल खरीदमा रु ३२ लाख ६९ हजार ११५ खर्च भएको छ। यस्तै मिनी टिपरमा रु २० लाख १३ हजार २७४ र जेसिबी खरीदमा रु ४० लाख ९९ हजार ९९९ गरी कूल रु ९३ लाख ८२ हजार ३८८ खर्च भएको छ। 

बोगटान गाउँपालिकाले रु ७६ लाख १३ हजार ८०० गाडी खरीदमा खर्च गरेको छ। उक्त गाउँपालिकाले चार मोटरसाइकल खरीदमा रु नौ लाख ७८ हजार ८०० खर्च गरेको छ। यस्तै डोजर खरीदमा रु ४२ लाख ५० हजार र महिन्द्रा बोलेरो जीप खरीदमा रु २३ लाख ८५ हजार खर्च भएको देखिएको छ।

जोरायल गाउँपालिकाको गाडी खरीदमा अन्यको स्थानीय तहभन्दा तुलनात्मक रुपमा खर्च कम भएको देखिएको छ। उक्त गाउँपालिकाले रु ५८ लाख ३८ हजार ९९९ गाडी खरीदमा खर्च गरेको देखिन्छ। जोरायलले १० वटा मोटरसाइकल खरीदमा रु २२ लाख आठ हजार ९९९ खर्च गरेको छ। यसैगरी एउटा महिन्द्रा पिकअप जीपमा रु ३६ लाख ३० हजार खर्च गरेको छ। 

आदर्श गाउँपालिकाले रु ५७ लाख २२ हजार ९०० का गाडी खरीद गरेको छ। चौध मोटरसाइकल खरीदमा रु ३३ लाख ३७ हजार ९०० र एउटा महिन्द्रा बोलेरो जीप खरीदमा रु २३ लाख ८५ हजार खर्च देखाइएको छ। स्थानीय तहले खरीद गरेका दुई पाङ्ग्रे सवारी साधनको मूल्यमा एकरुपता देखिएको छैन। एउटै कम्पनीको एउटै मोडलका र एउटै क्षमताका मोटरसाइकल पनि फरक–फरक दरमा खरीद गरिएको पाइएको छ। विमलबहादुर विष्ट/रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...