अप्टिकल फाइवरको नेटवर्क विछ्याउन सुरु

सोमबार, ०६ जेठ २०७६, १७ : ५४ अनिल भण्डारी

सिन्धुली- नेपाल सरकारले मध्यपहाडी लोकमार्गको पाचथरको चिवाभन्ज्याङदेखि धादिङ आरुघाटसम्म अप्टिकल फाइवर विच्छाउन सुरु गरेको छ।

नेपाल दुरसंचार प्राधिकरणले सोही कार्यक्रम अन्तर्गतको दोस्रो चरण सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटबाट अप्टिक फाइबरको नेटवर्क ब्याबोनको निर्माण सुरु गरेको हो। 

ग्रामीण दुरसंचार विकास कोषको ३ अर्व ६ करोड ४२ लाख ५९ हजार ९ सय ७९ रुपैयाँमा तिनवटा प्रदेशबाट एकसाथ निर्माण सुरुगरीएको हो। अप्टिकल फाइवरको ‘नेटवर्क ब्याबोन’ को निर्माणकार्य दोस्रो फेज अन्तरगत सिन्धुली प्याकेजको सोमबार एक औपचारिक कार्यक्रम मार्फत सिन्धुलीको खुर्कोटबाट शुभारम्भ गरिएको हो।

मध्यपहाडी लोकमार्गमा सूचना प्रणाली तयार गर्ने उदेश्यले आरम्भ गरिएको उक्त नेटवर्क ब्याबोनको निर्माण आरम्भ दुरसंचार प्राधिकरण क्षेत्रीय कार्यालय वीरगंजका प्रबन्धक इन्दल यादवले गरेका थिए।  सरकारको डिजिटल नेपाल बनाउने योजना अनुरुप मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोर गाँउपालिका–७ खुर्कोटमा सोमाबारदेखि अप्टिकल फाईबर विच्छ्याउन सुरु गरिएको दुरसञ्चार कार्यालय सिन्धुलीले जनाएको छ। 

प्रदेश १ अन्तर्गत धनकुटाको हिले र प्रदेश ३ अन्तर्गत धादिङको गल्छि र सिन्धुलीको खुर्कोटमा एकै साथ फाईबार विच्छ्याउने योजना अनुसार खुर्कोटमा पनि अप्टिकल फाईबर विच्छ्याउन सुरु भएको दुरसञ्चार प्राधिकरणले जनाएको छ।  नेपाल टेलिकमले पाँचथरको चिवाभञ्याङदेखि धादिङको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुदै दुई हजार १ सय ७९ किलोमिटर फाईवर विच्छ्याउने कार्य औपचारिक रुपमा सुरु गरेअनुसार सिन्धुलीको खुर्कोटबाट सुरु भएको हो। खुर्कोटबाट दोस्रो  प्याकेज अन्तर्गत एक हजार २८ किलोमिटरमा फाईबर बिच्छ्याउन सुरु गरिएको नेपाल टेलिकम वीरगञ्जका प्रबन्धक ईन्दल यादबले जनाए। उनका अनुसार  पहिलो प्याकेज ५९६ किलोमिटर र तेस्रो प्याकेज ५५५ किलोमिटरमा फाईवर बिच्छ्याउने योजना रहेको छ। ‘दोस्रो प्याकेजमा फाईबर बिच्छ्याउने काम आरोग्य कन्ट्रक्सन, चाईना रेल्वे र चाईना चाईना फिवेल जेभिले गर्ने छ। दोस्रो प्याकेजमा करिब ८० करोड रुपिया लागतमा फाईबर बिच्छ्याउन सुरु गरिएको हो, उनले भने, दुई बर्षभित्र फाईवर बिच्छ्याई सकेर नेपाल टेलिकमलाई ठेकेदार कम्पनिले हस्तान्तरण गर्नु पर्ने छ।’

नेपालको प्रदेश नम्बर १, २ र ३ का ३५ जिल्लालाई जोड्नेगरी अप्टिकल फाइवर विच्छाउने काम सुरुवात गरिएको छ। यो एकै साथ तीनवटै प्रदेशका तीन स्थानबाट सोमबारबाट आरम्भ गरिएको हो।

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad