७ वैशाख २०८१ शुक्रबार
खेल

राष्ट्रिय फुटबल टोलीको घोषणा, बिमल र भरत परेनन्

काठमाडौं–मलेसिया र चाइनिज ताइपेइसँग अर्को महिना हुने मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।

विराज महर्जनको कप्तानीमा घोषित २३ सदस्यीय टोलीमा नेपाली फुटबलका नियमित सदस्य भरत खवास र विमल घर्तीमगर समावेश छैनन्। त्यस्तै टाेलीमा अभिषेक रिजालले पहिलो पटक स्थान बनाएका छन्।

नेपालले आउँदो जुन २ मा क्वालालम्पुरमा मलेसियासँग र जुन ६ मा चाइनिज ताइपेईसँग मैत्रिपूर्ण खेल खेल्दैछ। टोलीमा युवा खेलाडीको बाहुल्यता छ।

नेपाली टिम

गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने 

डिफेन्डर :विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रबी सिलवाल, अजित भण्डारी

मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सुमन बल, रबि पासवान, सन्तोष तामाङ, सुजल श्रेष्ठ, बिशाल राई, बिमल राना,

फरवार्ड : अभिषेक रिजाल, तेज तामाङ, अन्जन बिष्ट, नवयुग श्रेष्ठ 

प्रकाशित: ६ जेष्ठ २०७६ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App