coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानको क्वेटामा आतंकवादी आक्रमण, ५७ प्रहरीकाे मृत्यु

क्वेटा-पाकिस्तानको क्वेटामा प्रहरी तालिम केन्द्रमा आतंकवादी आक्रमण भएको छ। सो आक्रमणमा ५७ प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।  सो आक्रमणमा एक सय भन्दा बढी प्रहरी घाइते भएका छन्। करिब सात जनाको संख्यामा आएका आक्रमणकारीले अन्धाधुक्ध गोली चलाउँदा ठूलो संख्यामा प्रहरीको मृत्यु भएको हो। प्रहरीको जवाफी कारवाहीमा ३ आक्रमणकारी मारिएका छन्।

सोमबार राति करिब १२ बजे सात जनाको संख्यामा आएका आक्रमणकारीले क्वेटाको शरयब रोडस्थित प्रहरी तालिम केन्द्रमा आक्रमण गरेका थिए। तालिम केन्द्रमा घुस्ने वित्तिकै आक्रमणकारीले अन्धाधुन्ध गोली बर्षाउन थालेका थिए। सो तालिम केन्द्रमा ६०० प्रहरी रहेको बताइएको छ। उनीहरुलाई आक्रमणकारीले बन्धक बनाएका थिए। तीन घण्टासम्म चलेको अपरेशनपछि पाकिस्तानी सेनाको दुई सयको टुकडीले बाँकी प्रहरीको उद्दार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।  

 

प्रकाशित: ९ कार्तिक २०७३ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App