coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामा हवाई आक्रमण दश सर्वसाधारण मारिए

तस्बिरः एजेन्सी

काठमाडाैं– सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा रुसको नेतृत्वमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीका १० सर्वासधारण मारिएका छन्। मारिएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका एक मानव अधिकार समूहले सोमबार जानकारी दिएको छ।

रुसले इद्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि नै हवाई आक्रमण भएको थियो। सरकारी सुरक्षा बल र जिहादी समूहबीच भएको भीषण झडपपछि सो हवाई आक्रमण भएको सिरियाली अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ। इद्लिब प्रान्तको कफ्रान्बेल शहरमा रुसको नेतृत्वमा भएको यस हवाई आक्रमणमा परी पाँच बालबालिका, चार महिला र एक पुरुषको मृत्यु भएको अब्जरभेटरीले जानकारी दिएको छ।

यस शहरका रहेको अस्पतालनजिकै सो हवाई आक्रमण भएको बेलायतआवद्ध मानव अधिकार समूह सिरियाली अब्जरभेटरी फर ह्युम्यान राइट्सले बताएको छ। यस हवाई आक्रमणमा परी पाँच ओटा घरहरु ध्वस्त र क्षतिग्रस्त भएको एएफपी एक समाचारदाताले जनाएका छन्। सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो।

यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गयो। सिरियामा जारी द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। लाखौको सङ्ख्यामा घाइते भएका छन् भने लाखौ व्यक्ति सिरियाभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जीवन विताउन बाध्य भएका छन्। रासस

प्रकाशित: ६ जेष्ठ २०७६ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App