८ वैशाख २०८१ शनिबार
राजनीति

संसदमा राजपा सांसदको प्रश्न : सभामुख ज्यू! लाल आयोगको प्रतिवेदन सार्वजनिक कहिले हुन्छ ?

काठमाडौं- राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ

प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन्। आफुहरुले लामो समय देखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको र सदनबाट रुलिङ भईसक्दा पनि सरकारले रुलिङ नमानेकोतर्फ उनले सभामुखको ध्यानाकर्षण गराइन्।

सभामुख कृष्ण बहादुर महराले सोमबारको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुखले सांसद चौधरीलाई बोल्न समय दिएका थिए।

सभामुख कृष्ण बहादुर महराले राजपाले उठाउँदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही सयम पछि उचित जवाफ दिने आश्वासन दिएपछि राजपाका सांसदहरुले आसन ग्रहण गरेका थिए।

सभामुख महराले भने “माननिय सदस्यहरुले उठाउनुभएको विषयमा सरकारको पर्याप्त ध्यान गएको मैले ठानेको छु। कारण सहित केही समय पछि सरकारले उचित जवाफ दिन्छ। माननिय सदस्यहरु उहाँले उठाएको विषयहरु मेरो त ध्यानाकर्षण भएकै छ। ”

प्रकाशित: ६ जेष्ठ २०७६ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App