४ वैशाख २०८१ मंगलबार
समाज

शितलका हत्यारा खोज्दै प्रहरी

पाँचथर–जिल्लाको हिलिहाङ गाँउपालिका–४ कात्तिके भन्ने ठाँउमा किशोरीको घाटी रेटी हत्या गरेर फरार रहेका आरोपीको खोजी प्रहरीलाई टाउको दुखाई बनेको छ। १५ वर्षिय शितल योङहाङको हत्या गरी फरार भएका भनिएका फाल्गुनन्द गाँउपालिका–२ इम्बुङका पदम तामाङको खोजिमा प्रहरी जुटेपनि फेला पार्न सकिरहेको छैन।

६ दिन अघि युवतीको घाटी रेटी हत्या भएको थियो। हत्यामा संलग्न भएका मध्ये फाल्गुनन्द–२ का भगिरथ बास्तोलालाई घटना भएको भोलिपल्ट पक्राउ गरीएपनि मुख्य योजनाकार रहेका तामाङलाई भने प्रहरीले फेला पार्न सकेको छैन। आईतवार जिल्ला प्रहरी कार्यालय पाँचथरले पत्रकार  भेटघाट गरी खोजी कार्य जरी रहेको जानकारी दिएको छ। ‘आरोपी व्याक्तिको पहिचान भईसकेका ले हामीले विभिन्न कोणबाट अनुसन्धान गरीरहेका छौं। म आँफै खटेर उ जान सक्ने सम्भावीत क्षेत्रहरु पत्ता लगाउने काम भईरहेको छ। छिमेकी जिल्लाहरुमा समेत खोजी भईरहेको छ ’ पाँचथरका प्रहरी प्रमुख डिएसपि नरेन्द्र कुँवरले भने ‘विभिन्न कागजात जुटाएर लागिरहेका छौ। पक्राउ परेका व्याक्तिलाई बयान गराउने कामजारी छ।’

केहि दिन किशोरीको गाँउमानै बसेर हत्या गर्ने योजना बनाइएको देखिएको प्रहरीले जानएको छ। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार केहि दिन जंगलमाने बसेका थिए। सोहि बेला केटिसँग फोन साटेका थिए। फोन लिन बोलाएर मान्छे नबस्ने घरमा हत्या गरीएको थियो। बास्तोलाले योङहाङलाई समातेको र तामाङले घाटी रेटेर हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।

बास्तोला तामाङको साथी गएको खुल्न आएको छ। बास्तोलालाई फिदिमको बसपार्क क्षेत्रबाट पक्राउ गरीएको थियो। तीन दिनदेखि दुई जना कात्तिके भन्ने ठाँउमा माक्स लगाएर हिडिरहेको स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पहिचान गरेको थियो।

 

प्रकाशित: ६ जेष्ठ २०७६ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App