७ वैशाख २०८१ शुक्रबार
अन्य

रोजगारी सिर्जना गर्न उद्यमशीलता तालिम

उद्यमशीलता विकास तालिमबारे सम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायणप्रसाद कोइराला। तस्बिरः नागरिक

पोखरा– पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आयोजनामा आइतबारदेखि पोखरामा उद्यमशीलता तालिम सुरु भएको छ।

तालिममाा कास्कीसहित देशका विभिन्न भागका करिब ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ। उद्यमशीलता अभिवृद्धि गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो। तालिम जेठ १५ गते सकिनेछ।

तालिमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले तालिम स्वरोजगारी सिर्जनामा केन्द्रित भएको बताए। आफूले आफ्नो जिम्मेवारी लिनु भनेको स्वरोजगार बन्नु हो भन्दै उनले व्यक्ति कुशल भए राष्ट्र र समाजले पनि लाभ पाउने तर्क गरे।

उनले उद्यमशीलता विकास पोखरा उद्योग वाणिज्य संघको मुख्य लक्ष्य भएको बताउँदै उद्यमशीलता विकासका लागि आवश्यक पर्ने तालिम उपलब्ध गराउन संघ सधैं तयार रहेको बताए।

कार्यक्रममा बोल्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कामु निर्देशक रामप्रसाद तिवारीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे। पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले दक्ष जनशक्तिको अभाव पूर्तिका लागि पोखरा उद्योग वाणिज्य संघ सदैव प्रयत्नशील भएको बताए।

संघका उपमहासचिव तथा तालिम व्यवस्थापन उपसमितिकी संयोजक चिनु गुरुङले आत्मनिर्भर बन्न सीप र दक्षता आवश्यक पर्ने उल्लेख गर्दै सीप सिक्न उमेरले नछेक्ने धारणा राखिन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका वरिष्ठ अधिकृत समिता श्रेष्ठले व्यवसाय व्यवस्थापन र उद्यमशीलता तालिमले उद्यमशीलता विकासमा सहयोग पुगेको धारणा राखिन्।

प्रकाशित: ६ जेष्ठ २०७६ ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App