coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आँखा शिविरबाट नौ सय लाभान्वित

सोलुखुम्बु  – जिल्लाको तीन हजार आठ सय ८० मिटरको उचाइमा अवस्थित खुन्दे अस्पतालमा सञ्चालित आँखा शिविरबाट नौ सय सर्वसाधारण लाभान्वित भएका छन्। खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित सो अस्पतालमा बुधबार र बिहीबार निःशुल्क आँखा शिविरमा ५१ जनाको मोतिबिन्दु रोगको शल्यक्रिया गरिएको छ भने ९२ जनालाई सहुलियतमा चस्मा वितरण गरिएको छ।

हिमालय ट्रस्ट नेपालद्वारा सञ्चालित खुन्दे अस्पतालको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट आँखाको ज्योति गुमाएका ५१ जनाको शल्यक्रियापछि ज्योति फर्काइएको सामुदायिक आँखा केन्द्र फाप्लुका नेत्र अधिकृत पुष्पबाबु बस्नेतले बताए। शिविरमा लोबुचे, दिङ्बुचे, खुम्जुङ, छोकुङ, थामे, नाम्चे, पाङ्बोचे, फोर्चेलगायत उच्च हिमाली भेगका ज्येष्ठ नागरिकले सेवा लिएको हिमालयन ट्रस्ट सोलुखुम्बु संयोजक नव भुजेलले बताए।

प्रकाशित: ६ जेष्ठ २०७६ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App