coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेपत्ता व्यापारी पारिवारिक सम्पर्कमा

रौतहट – अपहरण गरी बेपत्ता पारिएको भनिएका रौतहटका व्यापारी भगवान् साह पारिवारिक सम्पर्कमा आएका छन्। वैशाख १७ देखि हराइरहेका साह भारतको नयाँ दिल्लीमा रहेको पारिवारिक स्रोतले जनाएको छ।

साह शुक्रबार परिवारको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। सम्पर्कमा आइसकेकाले उनको अपहरण नभएको स्पष्ट भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक अनमोल खड्काले जनाएका छन्। साह अपहरणमा परेको र प्रहरीले केही गर्न नसकेको भन्दै कटहरिया र गरुडाका व्यापारीहरूले आन्दोलन गर्दै आएका थिए। प्रहरीले भने अपहरणको कुनै संकेत नभेटिएको भन्दै आफैं कतै लुकेको हुन सक्ने बताउँदै आएको थियो।

अचानक गायब भएका साहको लु४१प ५७४९ नम्बरको मोटरसाइकल, त्यसको साँचो, मोबाइल, चारवटा सिमकार्ड, नागरिकताको प्रमाणपत्र, रकम ट्रान्सफर गर्ने सेन्चुरी बैंकको बिएलबी मेसिन, चेकबुकलगायतका केही सामान गरुडाका व्यावसायी भोजेन्द्रको घरबाट वैशाख १८ मा बरामद भएको थियो। सामान बरामदपछि भोजेन्द्रमाथि प्रहरीले व्यापक अनुसन्धान गरिरहेको थियो भने स्थानीय राम चौधरीलाई नियन्त्रणमा लिई दुई हप्तादेखि अनुसन्धान गरिरहेको थियो। व्यावसायी साहले भने भगवान् आफ्ना सबै सामान आफैंले राखेर गएको प्रहरीसमक्ष बयान दिँदै आएका थिए।

प्रकाशित: ६ जेष्ठ २०७६ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App