७ वैशाख २०८१ शुक्रबार
राजनीति

सशस्त्र नयाँ संगठन प्रहरी कब्जामा

मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत समूहबाट बरामद गरेकाे हतियार , बन्दूक, विस्फोट पदार्थ। तस्बिर: विजय राई

काठमाडौं–हतियार उठाएर अगाडि बढ्न खोजेको एक कथित राजनीतिक दलको योजना तुहिएको छ। महानगरीय आयुक्त कार्यालय र विशेष ब्युरोले मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत समूहका अध्यक्ष उपेन्द्र घर्ती मगरसहित १३ क्षेत्रीय इन्चार्जलाई हातहतियार, विष्फोटक पदार्थ तथा दस्तावेजसहित पक्राउ गरेपछि योजना तुहिएको हो ।

फोर्सले सशस्त्र द्वन्द्वको योजनासहित रुकुममा युद्धसम्बन्धी तालिम दिएको खुलेको प्रहरीले जनाएको छ। ‘फोर्सको गठनसँगै देशभरबाट संकलित केही युवायुवतीलाई  रुकुमको जाङ खारखोलामा उपेन्द्र घर्तीमगरको नेतृत्वमा सैन्य तालिम दिएको खुलेको छ । हाल एक सयभन्दा बढी सदस्य रहेको अनुसन्धानमा देखिएको छ, थपलाई हामी खोज्दै छौं,’ ब्युरोका डिआइजी बमबहादुर भण्डारीले भने । फोर्ससँग हातहतियार तथा बन्दोबस्तीका सामग्री, भरुवा बन्दुक, रिभल्बर, कटुवा पेस्तोल, सकेट बम, सुतली बम, पेट्रोल बम, खुकुरी, नाइनस्टिक तथा घरेलु हतियार प्रहरीले बरामद गरेको छ ।

डिआइजी भण्डारीका अनुसार विभिन्न समयमा पक्राउ परेका व्यक्तिको बयान र उनीहरुका क्रियाकलापका आधारमा केही महिना अघिदेखि अनुसन्धान सुरु भएको थियो । अनुसन्धानमा पूर्वलडाकुसहित भूमिगत संगठनका नेता, कार्यकर्ताबीच सम्पर्क देखिएपछि बुधबारबाट ब्युरोले अप्रेसन थालेको थियो । भण्डारीका अनुसार सिन्धुपाल्चोक जलवीरे क्षेत्रका दुई प्रहरी एकाइ र रुकुमको एक एकाइले आक्रमणको तयारीसहित निरन्तर निगरानी गरिरहेका थिए । यस्तै, काठमाडौं उपत्यका र पश्चिम तथा पूर्वी पहाडी जिल्लाका वित्तीय संस्था लुटपाटको योजनामा रहेका फोर्सका कार्यकर्ता प्रहरी निगरानीमा थिए ।

फोर्सको उद्देश्य वर्तमान शासनसत्ता र संरचनालाई बलपूर्वक हटाउने रहेको खुलेको छ । महानगरीय आयुक्त एआइजी प्रतापसिंह थापाले उद्देश्य राजनीतिक देखिए पनि विशुद्ध आपराधिक क्रियाकलापको योजना र प्रयासमा रहेको समूहलाई कारबाही थालिएको बताए । ‘लुटपाट र बम विस्फोट तथा व्यक्ति हत्या गरेर राजनीतिक अभीष्ट पूरा गर्ने दलको योजना रहेको अनुसन्धानमा खुलेको छ,’ उनले भने ।
अर्थ र हतियार संकलन गर्न साना प्रहरी एकाइ, लामो दूरीका सार्वजनिक सवारीसाधन र वित्तीय संस्था लुटपाटका लागि तयारी गरिरहेको अवस्थामा ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो ।
ब्युरो अपरेसन

ब्युरोका डिआइजी बमबहादुर भण्डारीका अनुसार विभिन्न समयमा पक्राउ परेका व्यक्तिको बयान र उनीहरुका क्रियाकलापका आधारमा केही महिना अघिदेखि अनुसन्धान सुरु भएको हो । अनुसन्धानमा पूर्वलडाकुसहित भूमिगत संगठनका नेता, कार्यकर्ताबीच सम्पर्क देखिएपछि बुधबारबाट ब्युरोले अप्रेसन थालेको थियो । भण्डारीका अनुसार सिन्धुपाल्चोक जलवीरे क्षेत्रका दुई प्रहरी एकाइ र रुकुमको एक एकाइले आक्रमणको तयारीसहित निरन्तर निगरानी गरिरहेको थियो । यस्तै, काठमाडौं उपत्यका र पश्चिम तथा पूर्वी पहाडी जिल्लाका वित्तीय संस्था लुटपाटको योजनामा रहेका फोर्सका कार्यकर्ता प्रहरी निगरानीमा थिए ।

‘हातहतियार र अर्थ संकलन गर्ने तालिमसहित संगठन विस्तारमा रहेको पाइयो । त्यसैले समूहको गतिविधि हाम्रो निगरानीमा थियो । थप क्रियाकलाप बढ्नु अघि नै हामीले देशभर एकसाथ अप्रेसन गरेका हौं । मुख्य व्यक्ति पक्राउ परेका छन्,’ डिआइजी भण्डारीले भने । प्रहरी अनुसन्धानमा फोर्सका मुख्य नेता तथा कार्यकर्ताले वास्तविक परिचय लुकाउन विभिन्न नाममा नागरिकता लगायतका सरकारी परिचय पत्रहरू किर्ते गरेको तथा छद्म नामबाट परिचय खुलाउने गरेका थिए । रुकुम र रोल्पालाई आधार क्षेत्र बनाएर सशस्त्र क्रियाकलापको योजना बनाएको दस्तावेज फेला प्रहरी पारेको छ ।

फोर्सको संरचना र योजना    

ब्युरोका अनुसार ०७२ मा पूर्वी तथा मध्यपश्चिम र काठमाडौंकेन्द्रित तीन अतिवादी समूह मंगोल नेसनल फोर्स, मंगोल मूलवासी फोर्स (किरात) र संयुक्त जातीय मुक्ति मोर्चाका केही व्यक्ति समेतको आबद्धतामा फोर्स गठन भएको हो ।

ब्युरोले बरामद गरेका दस्तावेजअनुसार फोर्सले देशलाई पूर्वी, मध्य तथा पश्चिम क्षेत्रमा बाँडेर क्रियाकलाप सञ्चालन गरिरहेको थियो । अध्यक्ष तथा पश्चिम क्षेत्र इन्चार्ज उपेन्द्र घर्ती मगर, पूर्वी क्षेत्र इन्चार्ज पृथ्वीनारायण लिम्बु र मध्य क्षेत्र इन्चार्जमा टेम्डी शेर्पाले फोर्सका कार्यक्रम सञ्चालन गरिरहेका थिए । पूर्वको मुख्यालय भक्तपुर, मध्यको ललितपुर र पश्चिमको काठमाडौंलाई तोकेको फोर्सले मंगोल नेसनल आर्मी (एमएनए) नाम दिएर सैन्य संरचना समेत बनाएको थियो ।  ब्युरोका अनुसार मंगोल मुक्ति सेना र मंगोल मुक्ति कमान्डो गरी दुई किसिमको सैन्य दस्ता रहेको फोर्सले विशेष प्रयोजनका लागि स्पेसल टास्क फोर्ससमेत गठन गरेको थियो ।

 

प्रकाशित: ९ कार्तिक २०७३ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App