निःशुल्क शिक्षाले सामाजिक सहभागिता बढ्ने

सोमबार, ०६ जेठ २०७६, ०७ : २४ नागरिक

काठमाडौं – सम्पन्न तथा विपन्न पृष्ठभूमिका विद्यार्थीको संख्या बराबरी भएका विद्यालयमा बालबालिकामा समावेशी र भेदभावरहित भावनाको विकास उच्च भएको पाइएको छ। सामाजिक विकास र सामाजिक परिवर्तन शीर्षकमा विद्यालय शिक्षा बारे गरिएको अध्ययनले बालबालिकामा समावेशी भावनाको विकास गर्न, भेदभाव, पूर्वाग्रह, अनुचित व्यवहार र सामाजिक बहिष्करणजस्ता गलत अभ्यास हटाउन सम्पन्न तथा विपन्न दुवै पृष्ठभूमिका विद्यार्थीले एकै थलोमा अध्ययन गर्न पाउनु पर्ने देखाएको हो।

नेपालमा निजी र सरकारी विद्यालयका कारण धनी र गरिबको विभेद उत्पन्न हुने गरेको तथा सामुदायिक विद्यालयमा धनी र गरिब पृष्ठभूमिका विद्यार्थीको संख्या बराबर अर्थात उच्च सम्मिश्रण भएमा भेदभाव झन् बढ्ने देखिएको छ। स्वीट्जरल्याण्डको जुरिच विश्वविद्यालयका डा. जेनी ग्रुटर, अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयका प्रा. मेलानी किलेन र त्रिभुवन विश्वविद्यालयका सन्देश ढकालले ललितपुरका ७ सय ६४ विद्यालयका विद्यार्थीमा गरेको सो अध्ययनले गरिब परिवारका विद्यार्थीलाई उपलब्ध छात्रवृत्तिले सकारात्मक सामाजिक अन्तरक्रियाको भावना विकास भएको औंल्याए।

अध्ययनको प्रारम्भिक निचोडमा भनिएको छ, ‘कमजोर आर्थिक अवस्था भएका बालबालिकाको उच्च सम्मिश्रण भएका विद्यालयमा उनीहरुले निकै कम भेदभाव महसुस गरेको पाइयो। तुलनात्मक रुपमा धनी पृष्ठभूमिका बालबालिका गरिब पृष्ठभूमि भएका बालबालिकाप्रति बढी समावेशी, सहिष्णु र घुलमिल भएको पाइयो।’ कमजोर आर्थिक अवस्थाका बालबालिकालाई छात्रवृत्तिका माध्यमबाट निःशुल्क शिक्षा उपलब्ध गराउँदा उनीहरुको सामाजिक सहभागिता अभिवृद्धि हुने अध्ययनको सुझाव छ। अनुसन्धानकर्तामध्येका एक ढकालले भने विद्यालयमा विविधता प्रदान गर्नु समावेशी र समानताका लागि प्रभावकारी हुने बताउँदै आफूहरुले केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा छात्रवृत्तिका लागि आवश्यक पर्ने कमजोर आर्थिक अवस्था भएका बालबालिकाको पहिचान र छनोटका लागि सफ्टवेयरमा आधारित एक विधिको पनि विकास गरेको बताए।





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad