७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इराकमा ७४ आइएस लडाकुको मृत्यु

 इराक–उत्तरी इराकको किरकुक प्रान्तमा इराकी फौजले शुक्रबार गरेको कारबाहीमा ७४ आइएस लडाकु मारिएको दाबी गरेको छ । इराकी सुरक्षाकर्मीले सोमबार एक विज्ञप्ति जारी गरी यस्तो दाबी गरेको हो ।

 सुरकारी सुरक्षाकर्मी र पेशमेर्गा लडाकुको संयुक्त प्रयासमा करिब १०० जना आईएस लडाकुद्वारा गरिएको आक्रमणलाई निस्तेज पारिएको थियो । सोही क्रममा केही सुरक्षाकर्मी सामान्य घाइते भएको बताइएको छ ।

 उक्त आक्रमणको नेतृत्व गरेका केही सरकारी सेनाले आईएस नेता तथा लडाकुलाई सुरक्षा नियन्त्रणमा लिएको बताइएको छ ।     आईएस लडाकुले विस्फोटक भेस्ट लगाएर प्रहरी कार्यालय परिसरमा प्रवेश गरी आत्मघाती विस्फोट गराउन थालेपछि भएको प्रत्याक्रमणमा इराकी सुरक्षाकर्मीले उल्लेख्य सफलता पाएको थियो ।

आईएस विद्रोहीले प्रहरी कार्यालय आयास नामक कुर्दिस सुरक्षा दस्ता, केही सरकारी भवन तथा किरकुकमा अवस्थित मस्जिदमा एकैसाथ आक्रमण गरेपछि झडप सुरु भएको थियो ।     घटनास्थल इराकी राजधानी बग्दादबाट २५० किलोमिटर उत्तरमा अवस्थित रहेको छ ।

 

प्रकाशित: ९ कार्तिक २०७३ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App