मोटरसाइकलमा बस्नेलेसमेत हेलमेट लगाउनुपर्ने

आइतबार, ०५ जेठ २०७६, २२ : ३६ नागरिक

काठमाडौं– काठमाडौं उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ। आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दुई पांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नियम सुरु गर्न लागेको जानकारी दिएको हो।

काठमाडौँमा हुने दुई पांग्रे सवारी साधनको दुर्घटनालाई विश्लेषण गर्दा हेलमेट लगाएको चालक भन्दा पछाडी बस्ने व्यक्ति घाइते भएको र मृत्यु दर समेत पछाडि बस्नेको बढी भएकोले मोटरसाइकल र स्कुटर पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी बसन्तकुमार पन्तले जानकारी दिए।

महाशाखाले यातायात व्यवस्था ऐनमा संशोधन गरि हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभागमा अनुरोध गरेको जानकारी दिएको छ। यसअघि २०६५ सालमा पनि महाशाखाले दुबै जनाले हेलमेट लगाउनुपर्ने व्यवस्था ल्याएकाे थियाे। ऐन बिनै दुई हेलमेटको नियम ल्याएको भन्दै विरोध भएपछि महाशाखा हटाउन बाध्य भएको थियो। 

यस्तै महाशाखाले उपत्यकामा सवारी चाप व्यवस्थित  र कम गर्न मोबाइल एप प्रयोगमा ल्याउने भएको छ। पत्रकार सम्मेलनमा एसएसपी पन्तले जिआइएस प्रविधिमा आधारित एपले उपत्यकाको ट्राफिक जाम, बाटो डाइभर्सन लगायतको महत्वपूर्ण सूचना हरेक १५ मिनेटमा दिने बताए।

यस्तै महाशाखाले विभिन्न नियम मिचेर सवारी चलाएका चालकले तिर्नु पर्ने जरिवाना तिर्न पनि बैंकमा लाइन बस्नु नपर्ने नियम बनाइन लागेको बताएको छ। फिल्डमा खटिएको  ट्राफिक प्रहरीले इ- चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट दिनेछ र यो चिटको आधारमा सवारी चालकले इ-पेमेन्ट गर्न सक्ने छ। थप जानकारीका लागि हेर्नुहोस भिडियो:








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad