यात्रुबाहक गाडीमा खसीबोका राखे सार्वजनिक मुद्दा लाग्ने

आइतबार, ०५ जेठ २०७६, २० : २८ लोकेन्द्र खनाल

रुकुम– सल्यानमा सञ्चालन हुने यात्रुबाहक सवारी साधनमा खसीबोका राखेमा कारबाही हुने भएको छ। गाडीमा खसीबोका राख्दा यात्रुलाई समस्या हुने भएकाले राख्न नदिने कार्यको सुरुवात भएको हो। यहाँको स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयले गाडी व्यवसायीले केही रकमको लोभमा यात्रुबाहक गाडीमा खसीबोका राख्दै आएकाले यसलाई अब पूर्ण रुपमा बन्द गरिने बताएको छ। गाडीमा खसीबोका राख्दा यात्रा असुरक्षित हुने भएकाले आफूहरुले राख्न नदिने अभियानको सुरुवात गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

अब राप्ती राजमार्ग अवरुद्ध गरी १० मिनेट पनि गाडी रोक्न नपाइने उनले बताए। खसीबोका राखेको तथा मादक पदार्थ सेवन गरी गाडी चलाएको पाइए सार्वजनिक मुद्दा दर्ता गरेर कानुनी कारबाही गरिने डिएसपी शाहीको भनाई छ। गाडीमा राखीएका खसीबोका हटाउनमात्र एक घण्टा बढी समय लाग्ने र त्यसले यात्रुलाई समयमा नै गन्तव्यमा पुग्न समस्या हुने गरेको प्रहरीको बुझाई छ। 

खसीबोकाका कारण दुर्घटना पनि बढ्दै गएको बताइएको छ। जथाभावी रुपमा पार्किङ गर्दा गाडी चिप्लिएर दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। अझै पनि राजमार्ग तथा अस्थायी मार्ग व्यवसायीले बेवास्ता गरी मनपरी गाडी पार्किङ गर्ने समस्या रहेकाले यसलाई कम गर्न पनि यो अभियानले महत्वपूर्ण सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी चुडामणी न्यौपानेले बताए।

उनले व्यवसायीले ट्राफिक नियम माने अधिकांश समस्याको समाधान हुने भएकाले उक्त अभियानलाई सफल पार्नको लागि सबैलाई आग्रह पनि गरे। यातायात व्यवसायीको सानो त्रुटिले समेत ठूलो दुर्घटना निम्त्याउने भएकाले सधैं सजक रहन जरुरी रहेको प्रजिअ न्यौपानेको भनाई छ। रात्री बसमा अनिवार्य दुई वटा चालक राख्न पनि प्रशासनले निर्देशन दिएको छ। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...