८ वैशाख २०८१ शनिबार
समाज

हुरी पीडित ८ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बारा– बाराका हावाहुरी पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। गएको चैत १७ गते आएको बिनाशकारी हुरीबाट पीडित देवताल गाउँपालिकाका दुई सामुदायिक विद्यालयका ८ सय ७७ विद्यार्थीलाई विश्व शान्ति महिला संघले शैक्षिक सामग्री बितरण गरेको हो।

आइतबार देवताल गाउँपालिकाको ६ रौवाहीमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयका ६ सय ५० र ७ नम्बर वडास्थित रमपुर्वाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २ सय २७ विद्यार्थीलाई छ थान कपी, दुई थान कलम, नेपाली र अंग्रेजी डिक्सनरी, नोट बुक, स्टाम बक्स लगायतको शैक्षिक सामग्री वितरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रिपब्लिक मिडिया प्रालिका निर्देशक शोभा ज्ञवालीले प्राथमिक र निम्न माध्यामिक विद्यालयमा अध्ययरत साना बालबालिकाको पढाइमा बिशेष ध्यान दिन जरुरी रहेको बताइन्। बालबालिकाको पढ्ने र लेख्ने बातावरण राम्रो भएमा मात्रै उनीहरुले भविष्यमा ठूलो मान्छे बन्ने उनले बताइन्। विद्यालयमासमेत भौतिक पूर्वाधारको कमी रहेको औल्याउँदै पूर्वाधार पुरा गर्नतिर लाग्न जरुरी रहेको उनले बताइन्।

वर्तमान सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपाल नारालाई सार्थक दिनको लागि शैक्षिक क्षेत्रमा ठूलो लगानी गर्न जरुरी रहेको सुझाव ज्ञवालीले दिइन्।

कार्यक्रममा विश्व शान्ति महिला संघका ब्लेसी गार्डन ढकालले शैक्षिक सामग्री बितरण सानो सहयोग भए पनि हुरी पीडित बालबालिकासँग दुःख साट्न आएको बताइन्।

नेपाल राष्ट्रिय निम्न माध्यामिक बिद्यालयका बिधार्थी अभिषेक कुमार मण्डलले शैक्षिक सामग्रीबाट पढाईमा ठूलो राहत पुग्ने बताए।

प्रकाशित: ५ जेष्ठ २०७६ १४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App