coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रोजगारको प्रलोभनमा लिबिया पुगेका १५ नेपालीको उद्धार

काठमाडौं– रोजगारको प्रलोभनमा परेर अवैध रुपमा युद्धग्रस्त लिबिया पुगेका १५ जना नेपालीलाई उद्धार गरिएको छ। इजिप्टको कायरोमा रहेको नेपाली दूतावासको पहलमा रोजगारको आश्वासनमा अवैध रुपमा पु-याइएका १५ नेपालीलाई उद्धार गरी ट्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)को क्याम्पमा राखिएको छ।

उद्धार गरिएका नेपालीमा पूर्ण वहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्घि वहादुर अधिकारी क्षेत्री, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्त बहादुर विक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, अजय कुमार चौधरी, प्रकाश विश्वकर्मा र मनोहर कार्की रहेका छन्। 

दूतावासका द्वितीय सचिव सुजन विडारीका अनुसार उद्धार गरिएका नेपालीलाई आइओएमले खानबस्ने प्रबन्ध मिलाउनुका साथै नेपाल जानका लागि हवाई टिकटको समेत व्यवस्था गरिदिने छ। 

लिबियाको कम्पनीले डर त्रास देखाई काममा लगाएको र नेपाल फर्कनका लागि राहदानी समेत नदिएकोले दूतावासबाट उनीहरुको ट्राभल डकुमेन्ट बनाई पठाइएको थियो। ट्रिपोलीमा रहेको संयुक्त राष्ट्र संघीय शान्ति नियोगको नेपाली सेनालेसमेत लिबियाको सुरक्षा निकाय तथा आइओएमसंग समन्वय गरी उनीहरुको उद्धारमा प्रत्यक्ष सहयोग पु¥याएका छन्।

युद्वग्रस्त क्षेत्रमा कार्यरत नेपालीलाई पटक पटकको प्रयासपछि उद्धार गरिएको बताउँदै द्वितीय सचिव विडारीले भने, ‘उनीहरुको मेडिकल चेकजाँच र एक्जिट पेपर बनाउने कार्य भइरहेको छ। चाँडै नेपाल फर्काउँछौं।’

दूतावासले दुई सातापहिले आइओएमकै सहयोगमा इटाली पठाउने प्रलोभनमा लिबिया पुर्याएर अलपत्र पारिएका ७ नेपालीको उद्धार गरी नेपाल पठाएको थियो।

प्रकाशित: ५ जेष्ठ २०७६ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App