४ वैशाख २०८१ मंगलबार
राजनीति

संसदीय समितिमा कोरम नपुगेपछि सभापतिको सर्कुलर, योगेश भट्टराईले गरे ‘डिफेन्स’

शिक्षा तथा स्वास्थ्य समितिका सभापति घर्ती र सदस्य याेगेश भट्टराई ।

काठमाडौं– शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले समितिमा अनिवार्य उपस्थितिका लागि सदस्यहरुलाई निर्देशन दिएकी छिन्। समितिका छलफल तथा बैठकहरुमा सदस्यहरु अनुपस्थित हुन थालेपछि सभापति घर्तीले सक्रिय सहभागीता जनाउन निर्देशन दिएकी हुन्।

आइतबार समितिको बार्षिक प्रतिवेदनको मस्यौदामाथिको छलफलमा पनि सदस्यहरु अनुपस्थित भएपछि सभापति घर्तीले सक्रिय उपस्थितिको लागि निर्देशन दिइन्। उनले भने, ‘समिति भनेको मिनी संसद हो। मिनी संसदमा सक्रियतापूर्वक आफ्नो उपस्थिति र भाग लिने र टाइमलाई म्यानेज गर्ने कुरालाई म सबै माननीय ज्यूलाई विनम्र अनुरोध गर्दछु।’

बैठकमा समिति सदस्य योगेश भट्टराईले कारवाही महत्वहिन र प्रभावकारी नदेखेर समितिका बैठकमा अनुपस्थित भएको हो भने थप प्रभावकारी बनाउन सुझाव दिए।

आइतबारको बैठकमा समितिको बार्षिक प्रतिवेदनको मस्यौदामाथिको छलफल गर्ने कार्यसूची थियो। छलफलमा सहभागी सदस्यहरु खगराज अधिकारी, मान बहादुर विक, उमाकान्त चौधरी, चित्रलेखा यादव, उमेश श्रेष्ठ लगायतले निर्देशन कार्यान्वय गर्ने र नगर्नेहरुको नाम नै किटानीका साथ उल्लेख  गर्नुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित: ५ जेष्ठ २०७६ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App