coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नर्सहरुको आन्दोलनलाई सम्वोधन गर्न कांग्रेसको आग्रह

काठमाडौं-  विगत दश दिनदेखि जारी नर्सहरुको आन्दोलनलाई सम्वोधन गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ। गत शुक्रवारदेखि धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका दुई नर्स अनशनमा बसेका छन्। नर्स द्धय जीता बरला र डिक्की शेर्पा अनशनमा बसेका हुन्।

'स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सहरुले आफ्नो पेशागत हक, हितको संरक्षण, न्यूनतम सेवा तथा सुविधाको माग राखी संघर्षको कार्यक्रम गरेको आज दशौँ दिन वितिसक्दा पनि राज्यले देखाएको उदासिनताप्रति नेपाली कांग्रेसको गम्भीर ध्यान आकृष्ट भएको छ', नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकाल्दै भनेका छन्।

अनसनमा बसेका नर्सहरुको स्वास्थ्य स्थिति बिग्रदै गएको तर्फ समेत राज्य गम्भीर नदेखिनु दुःखद विषय भएको कांग्रेसले जनाएको छ। यथाशीघ्र वार्ता र संवादको माध्यमबाट समस्याको निकास खोज्न नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App