coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रियंका कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउने पहिलो नेपाली कलाकार

काठमाडौं– फ्रान्समा जारी ‘कान्स फिल्म फेस्टिभल २०१९’ मा सहभागिता जनाउन नायिका प्रियंका कार्की आइतबार पेरिस प्रस्थान गर्दैछिन्। विश्वका सेलिब्रटीको जमघट हुने कान्स फेस्टिभलमा नेपालले पहिलोपटक अवसर पाएको छ भने रेड कार्पेट समारोहमा प्रियंका नेपालको प्रतिनिधित्व गर्ने पहिलो कालाकार बनेकी छिन्। 

प्रियंकाले आइतबार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कान्स फेस्टिभलमा जान लागेको जानकारी दिएकी छिन्। ‘विश्वमाझ नेपालको प्रतिनिधित्व गर्न कान्स फिल्म फेस्टिभल २०१९ ले हामीलाई अवसर दिएर नेपाललाई सम्मान गरेको छ। यो एउटा लामो सपना थियो, आज पुरा हुँदैछ’, उनले लेखेकी छिन्।  

प्रियंकाले मे २० देखि २४ गतेसम्म ४ वटा समारोहमा सहभागिता जनाउने छिन्। साथै सिवांगीले डिजाइन गरेको ड्रेसमा देखिने छिन्।

प्रकाशित: ५ जेष्ठ २०७६ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App