शेयर बजारः सामान्य अङ्कले घट्यो

आइतबार, ०५ जेठ २०७६, १६ : ५२ नागरिक

काठमाडाैं– धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.८७ बिन्दुले घटेर एक हजार ३१६.८४ अङ्कमा झरेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ बिन्दुले घटेर २८०.७९ बिन्दुमा पुगेको छ।

कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता शेयर एक अर्ब नौ करोड तीन लाख ४८ हजार २२५ रूपैयाँ मूल्यमा कारोवार भए। स्टकका अनुसार कारोवार १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर घटेको छ भने छ उपसमूहकै शेयर भने वृद्धि भएको छ। बैंकिङ ४.२२, व्यापार ८.४५, होटल १२.१९, निर्जीवन बीमा ५९.०३, लघुवित्त ८.५० र जीवन बीमा ५९.७३ बिन्दुले घटेको छ। यस्तै विकास बैंक ८.८२, जलविद्युत् ३.०३, वित्त ५.३६, उत्पादन १००.२६, अन्य १.९६ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेड २२ करोड ६८ लाख १९ हजार १४७ रुपैयाँ , शिवम् सिमेन्ट १८ करोड ७० लाख ९० हजार ८८३ रुपैयाँ, बुटवल पावर कम्पनी तीन करोड २९ लाख ३२ हजार ६०८ रुपैयाँ, प्रभु बैंक लिमिटेड तीन करोड २४ लाख ७८ हजार ३५ रुपैयाँ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे।

शिवम सिमेन्टका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंक ९.९०, रिलायन्स फाइनान्स ८.५३, प्राग्रेसिभ फाइनान्स लिमिटेड ७.८४, बरुण हाइड्रो पावरका शेयरधनीले ७.६९ प्रतिशतले कमाए। यस्तै विशाल बजार कम्पनी ५.७८, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ५.३९, आइएमइ जनरल इन्स्योरेन्स ५.२८, नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.२२ प्रतिशतले गुमाएका छन्। रासस






यसमा तपाईको मत

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad