गाउँपालिकाका प्रमुखले हाले उपप्रमुखसहित ५ जना विरूद्ध मुद्दा

आइतबार, ०५ जेठ २०७६, १५ : ५५ नागरिक

पर्सा– पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा दायर गरेका छन्।

शुरुमा गाउँपालिकाका कार्यकारी अधिकृत तथा प्रमुख रौनियारको मिलेमतोमा दुई करोड ७२ लाख रुपैयाँमा खोलाको बोलपत्र निकालेकाेमा पछि उक्त बोलपत्र रद्द गरी सोही बोलपत्र आफ्नो मान्छेलाई एक करोड नौ लाख रुपैयाँमा पारेको विषयमा मतभेद भएकाे थियाे। यही विषयलाई लिएर उपप्रमुखसहितका सदस्यहरुले विरोध जनाउँदा प्रमुख रौनियारले अदालतमा सो मुद्दा दायर गरेका हुन।

प्रमुख रौनियारले उपप्रमुख महतो कार्यपालिकाका–३ का वडा अध्यक्ष माधवप्रसाद राउत तथा सदस्यहरु विपिन मुखिया, मानमती देवी, प्रेमशिला देवी र कलही देवीमाथि गाली बेइज्जती मुद्दा दायर गरेको उपप्रमुख महतोले बताए।

उपमेयर महतोसँग जिज्ञासा राख्दा उनले जुन बोलपत्र खुल्ला रुपमा निकाल्नु पर्नेमा त्यो नगरी कार्यकारी अधिकृत चौधरीले ७० लाख रुपैयाको चलखेलमा कम रकममा आफनो मान्छेलाई बोलपत्र पारेकोले सोको विरोध गर्दा मेयर रौनियारले आफूहरुमाथि मुद्दा दायर गरेको बताइन्। यस सम्बन्धमा थप जानकारीको लागि प्रमुख रौनियारसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुनसकेन। रासस








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad