विरोधको शैली

मिडिया काउन्सिल विधेयककाे राेएर विराेध

आइतबार, ०५ जेठ २०७६, १३ : ३५ विनोद सुवेदी

विराटनगर–प्रेस स्वतन्त्रता हनन हुनेगरी संसदमा दर्ता भएको मिडिया काउन्सिल  विधेयक विरुद्ध मोरङका पत्रकारहरूले आधा घण्टा रोएर विरोध गरेका छन्। नेपाल प्रेस युनियन मोरङको अगुवाईमा आइतबार पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि रुवाबासी गरेका हुन्।

विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेलले प्रेस स्वतन्त्रता हनन गर्ने गरी ल्याइएको विधेयक फिर्ता गर्न सरकारसँग माग गरे। ‘स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्ने गरी ल्याइएको विधेयक सरकारले फिर्ता गर्नुपर्छ।’

लुइँटेलले प्रेस काउन्सिलको स्वतन्त्रतामै असर गर्ने गरी र पत्रकारलाई जरिवाना लगाउने मनसायका कानुनको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलनरत रहेको बताए। नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लव घिमिरेले सरकारले विभिन्न विधेकयमार्फत् प्रेसलाई कस्ने र नियन्त्रण गर्ने गलत मनसाय राखेको बताए।

उनले भने‘प्रेस तथा अभिव्यक्ती स्वतन्त्रतालाई नै कुन्ठीत पार्ने गरी ल्याइएको विधेयक मान्य छैन।’ नेपाल प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले पत्रकारको लेख्न, बोल्न र दृश्य देखाउन पाउने अधिकारलाई सरकारले नियन्त्रण गर्न खोजेकाले आन्दोलनमा उत्रनु परेको बताए।

पत्रकारहरूको विरोध कार्यक्रमलाई ऐक्यवद्धता जनाउँदै विराटनगरका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरू पनि बिरोध कार्यक्रममा उपस्थित भएका थिए।







यसमा तपाईको मत


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...