coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३ घाइते

बैतडी– देहिमाण्डौंबाट नागार्जुन जाँदै गरेको ग१ज ४९२१ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगरपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नेत्रमणी गिरीले बताए। 

दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोट अन्ताजी ६५ वर्षीय हिराबल्लभ भट्ट, उनकै भाई ५५ वर्षीय लालमणी भट्ट सोही ठाउँका अन्दाजी ४५ वर्षीय नरुली भट्टको घटनास्थलमै ज्यान गएको छ। दुर्घटनामा परी दशरथचन्द नगरपालिका–१० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका–१० का नवीन भट्ट घाइते भएका छन्। जीप दुर्घटनाको कारण भने खुलेको छैन्। घाइतेका अनुसार सडकमा ढुंगा भएकाले ब्रेक लगाउँदा चिप्लेर दुर्घटना भएको बताए।

नागार्जुनस्थित देउताल मन्दिरमा पुजाको लागि गएका उनीहरु दुर्घटनामा परेका हुन्। जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेमध्ये प्रकाशको अवस्था चिन्ताजनक छ। 

साँघुरो र कच्ची सडक भएकाले भएकाले दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। देहीमाण्डौं–गिरेगाडा सडकखण्डमा बर्सेनी दुर्घटना हुने गरेको छ। ६ वर्ष अघि ट्रयाक खोलिएको उक्त सडकमा आधा दर्जन जिप र ट्रयाक्टर दुर्घटना हुनुका साथै आधा दर्जनभन्दा बढीले ज्यान गुमाएका छन्। कच्ची तथा यातायात सञ्चालनको अनुमति नभएको सडकमा गाडी चलाउँदा जिल्लामा गडाी दुर्घटनाको क्रम बढेको छ। दुर्घटनाको श्रृंखला बढ्न थालेपछि केही वर्ष अघि उक्त सडकमा जिप सञ्चालन गर्न प्रशासनले रोक लगाएको थियो

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App