७ वैशाख २०८१ शुक्रबार
समाज

हाम्रो होटेलबाट बाघको छालासहित ३ जना पक्राउ

धादिङ - बाघको छालासहित धादिङको गल्छीबाट तीन जना पक्राउ परेका छन्। जिल्लाको गल्छी गाउँपालिका वडा नं ७ गल्छीबजारमा रहेको हाम्रो होटलबाट शुक्रबार तीन जना पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले एक थान बाघको छाला सहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३१ वर्षीय सुमन दर्जी, सोही ठाउँका ४५ वर्षीय विष्णु बहादुर सुनार र ४१ वर्षीय कुमार खड्का रहेका छन्।
    पक्राउ गरिएका व्यक्तिलाई जिल्ला वन डिभिजन कार्यालय धादिङमा आवश्यक कारबाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App