८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

समुद्रमा खस्यो विमान, पाइलटसहित पाँचको मृत्यु

होन्डुरस - होन्डुरस द्वीपमा शनिबार विमान दुर्घाटना हुँदा पाइलटसहित पाँच जनाको ज्यान गएको छ। अग्नी नियन्यन्त्रकका अनुसार चार क्यानेडियन र एक अमेरिकी पाइलटसहित पाँचको मृत्यु भएको छ।उनीहरु विदा मनाउने क्रममा समुद्रमा विमान खसेर दुर्घटना भएको हो। होन्डुरन द्वीपबाट उडान भरेको केही मिनेटमैदुर्घटना भएको थियो।

दुर्घटनामा परी ब्रैडली पाेष्ट,बेली साेनी, टामी डब्लर र पाइलट पैट्रिक फाेर्सेथकाे ज्यान गएकाे हाे। त्यस्तै विमान दुर्घटनामा परी घाइते भएका क्यनेडियन पाइलट एंथाेनी डब्लरकाे उपचारकाे क्रममा ज्यान गएकाे हाे। दुर्घटनाकाे कारणबारे अनुसन्धान भइरहेकाे अन्तराष्ट्रिय संचारमाध्यमहरूले  जनाएका छन्।

प्रकाशित: ५ जेष्ठ २०७६ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App