coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्लालोम स्पर्धामा नेपाल १३औं

अस्ट्रेलियमा जारी १८ औं ¥याफटिङ च्याम्पियसिप अन्तर्गत स्लालोम स्पर्धामा प्रतिस्पर्धा गर्दै नेपाली -याफटिङ टोली । तस्विर सौजन्यः आईआरएफ

काठमाडौं– अस्ट्रेलियामा जारी १८औं विश्व र्‍याफटिङ च्याम्पियनसिपअन्तर्गत शनिबार सम्पन्न पुरुष खुलातर्फको स्लालोम स्पर्धामा नेपाल १३औं भएको छ।

क्विन्सल्यान्डस्थित टली नदीमा सम्पन्न स्पर्धामा नेपालले ५५ सेकेन्ड पेनाल्टी बेहोर्दा १३औं स्थानमा खुम्चिनुपरेको हो। स्लालोममा कुनै पनि टोलीले दुई चरणमा प्रदर्शन गर्न पाउँछन्। दुईमध्ये सबैभन्दा कम समयको नतिजालाई निर्णयमा लिइन्छ।

नेपालले पहिलो चरणमा ११८.२० सेकेन्डमा दूरी पार गरेको थियो। निर्धातिर दूरी पार गर्ने क्रममा आठौं गेटमा पूरा खेलाडी प्रवेश गर्न असफल भएपछि ५० सेकेन्ड पेनाल्टीमा परेको नेपालले ११औं गेटको पोलमा छुँदा थप ५ सेकेन्ड कारबाही भोग्नुपरेको थियो। त्यसैले पहिलो चरणको समय १७३.२० सेकेन्ड रहेको थियो।

पहिलो चरण पार गरिसकेको नेपालले दोस्रो चरणमा राम्रो प्रदर्शन गर्न सकेन। दोस्रो चरणमा ८५ सेकेन्ड पेनाल्टी बेहोरेको नेपालको समय २०७.८८ सेकेन्ड निस्किए पनि पहिलो चरणको समयलाई निर्णायक बनाउँदा नेपालको  १३औं स्थान निर्धारण भएको थियो। यस बिहीबार सम्पन्न स्प्रिन्ट स्पर्धामा नेपाल पाँचौं भएको थियो। १६ देशले प्रतिस्पर्धा गरेको स्पर्धामा नेपाल हेड टु हेडमा नवौं हुँदा स्लालोममा रोमानिया, नर्वे र कोलम्बियालाई मात्र पछि पार्‍यो।

हेड टु हेडमा अन्तिम आठमा पराजित भएको साबिक विजेता ब्राजिलले १०२.७२ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण पदक जित्न सफल भयो। यस्तै १०९.७१ सेकेन्डमा दूरी पार गरेको रूसले रजत पदक हात पार्दा ११४.६१ सेकेन्ड समय खर्चिएको चीनले कांस्यमा चित्त बुझायो। यसअघि ब्राजिलले स्प्रिन्ट स्पर्धामा पनि स्वर्ण जितेको थियो। आर ६ तर्फ विश्व च्याम्पियनसिपको अन्तिम दिन आइतबार डाउनरिभर स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App