coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सत्तारुढ गठबन्धनको जित

अस्ट्रेलियाको ब्रिसबेनस्थित प्याट्रिक्स रोड स्टेट स्कूलमा रहेको मतदान केन्द्रमा शनिबार लामबद्ध मतदाता। तस्बिर : एजेन्सी

सिड्नी – अस्ट्रेलियामा शनिबार सम्पन्न राष्ट्रिय निर्वाचनमा उदारवादी–राष्ट्रिय गठबन्धन नेतृत्वको सत्तारुढ कन्जरभेटिम दलले जित निकाल्ने देखिएको छ। आधाभन्दा बढी मत गणना भइसक्दा सत्तारुढ कन्जरभेटिभ दल जितको समुख देखिएपनि एक्लैले बहुमत ल्याएर उसले सरकार बनाउन सक्नेसम्मको मत प्राप्त गर्छ वा गर्दैन भन्ने अझै प्रष्ट नभइसकेको अस्टे«लियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

निर्वाचनअघि मध्यवामपन्थी लेबर दलले निर्वाचन जित्ने अनुमान गरिए पनि शनिबार यो समाचार तयार पार्दासम्म कन्जरभेटिभ दलको जित स्पष्ट देखिएको हो। अस्ट्रेलियमा ७६ सिट जित्ने दलको बहुमत हुने व्यवस्था रहेको छ। त्यसमध्ये वर्तमान प्रधानमन्त्री स्कट मोरिसन नेतृत्वको गठबन्धनले ७२ सिटमा जित हासिल गरेको वा नेतृत्व गरिरहेको अस्टे«लियन निर्वाचन आयोगलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको  छ। ‘अहिलेसम्मको अवस्था हेर्दा मोरिसन सरकारको पुनरावृत्ति हुने बलियो आधार देखिएको छ,’ अस्ट्रेलियन ब्रोडकास्ट्रि एसोसियसनका प्रमुख निर्वाचन विश्लेषक एन्टोनी ग्रिनले बताएका छन्।

‘मोरिसनको सरकार दोहोरिने देखिए पनि कस्तो आकार वा अवस्थामा उसले प्राप्त गर्छ भन्नेबारे भने प्रष्ट छैन,’ उनले बताए। उनका अनुसार मोरिसन नेतृत्वको गठबन्धनले अल्पमतको सरकार गठन गर्न सक्ने छ। यद्यपि विपक्षी लेबर गठबन्धनभन्दा कन्जरभेटिभ गठबन्धनले धेरै सिट जित्ने उनको भनाइ छ। केही सिटमा भने मोरिसनको सत्तारुढ गठबन्धन अघि देखिएको वा मत गणना प्रक्रियामा प्रगति नभएका कारण जित घोषणा गर्न पर्याप्त नभएको बताइएको छ। आगामी सरकार प्रधानमन्त्री स्कट मोरिसनको गठबन्धनको पक्षमा जाने देखिए पनि बहुमत प्राप्त हुनेछ वा अल्पमतको सरकारको बनाउने अवस्था आउनेछ भनिहाल्न मिल्ने नदेखिएको एबिसीले राजनीतिक विश्लेषकहरुलाई उद्धृत गरी उल्लेख गरेको छ।

मतदान सकिएसँगै सुरु भएको मतगणनाका कतिपय स्थानका परिणाम सार्वजनिक भएका छन् भने कतिपय स्थानमा यो समाचार तयार पार्दासम्म मतगणना भइरहेको छ।

मोरिसनले दिए धन्यवाद
शनिबार सम्पन्न निर्वाचनको आधाभन्दा बढी मत गणनामा आफ्नो गठबन्धनले जित हासिल गरेको देखिएपछि प्रधानमन्त्री स्कट मोरिसनले समर्थकलाई धन्यवाद दिएका छन्।

लेबर पार्टीका नेताद्वारा राजीनामा
अनपेक्षित निर्वाचन परिणाम आएसँगै अस्ट्रेलियामा विपक्षी दल लेबर पार्टीका नेता बिल सर्टनले आफ्नो पदबाट राजीनामा दिएका छन्। शनिबार सम्पन्न निर्वाचनमा हार स्विकार गर्दै नेता बिलले लेबर पार्टीका समर्थकलाई निर्वाचन परिणामलाई सम्मान गर्न आग्रहसमेत गरेका छन्। उनले जितका लागि प्रधानमन्त्री मोरिसनलाई बधाई पनि दिएका छन्।

पूर्वप्रधानमन्त्री अबोट पराजित
यसैबीच सिड्नीको वारिङ्गा निर्वाचन क्षेत्रबाट संसद् सदस्यका लागि उम्मेदवारी दिएका लिबरल पार्टीका नेता तथा सन् २००९ देखि सन् २०१५ सम्म सरकारको नेतृत्वमा रहेका पूर्वप्रधानमन्त्री टोनी अबोट यस निर्वाचनमा पराजित भएका छन्।

अस्ट्रेलियाको पूर्वविदेशमन्त्री जुलिया बिसपले अबोटको पराजयको पुष्टि गर्दे नतिजाप्रति दुःख व्यक्त गर्दै भनेकी छन्, ‘मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका अबोटको पराजयबाट म निकै दुःखी बनेकी छु।’

पूर्वप्रधानमन्त्री अबोटको समलिङ्गी विवाह र जलवायु परिवर्तन बारेको विचार जनताबाट अनुमोदन हुन नसकेको उनले बताइन्। यस वर्षको निर्वाचनमा एक करोड ६० लाख मतदाता मतदानका लागि योग्य ठहरिएका अस्टे«लियाली निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ
स्थानीय समयअनुसार शनिबार बिहान ८ बजे निर्वाचन सुरु भै साँझ ६ बजेसम्म मतदान भएका थियो। निर्वाचन आयोगले शुक्रबार राति दिएको जानकारीअनुसार शनिबार पहिले विभिन्न देशमा रहेका करिब ४७ लाख ६० हजार अस्टे«लियाली नागरिकले मतदानमा भाग लिएका थिए। यो संख्या सन् २०१६ को मा ३२ लाख रहेको थियो।

क्याप्सन ः 

प्रकाशित: ५ जेष्ठ २०७६ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App