coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सातदोबाटोमा पनि भाटभटेनी सुपरस्टोर

काठमाडौं – भाटभटेनी सुपरमार्केटको १६औं आउटलेट ललितपुरको सातदोबाटोमा खुलेको छ। भाटभटेनी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुरले गुरुङले शुक्रबार उक्त आउटलेटको उद्घाटन गरेका हुन्। उद्घाटनका अवसरमा विभिन्न वस्तुमा १० प्रतिशत छुट घोषणा गरिएको छ।

भाटभटेनी ग्रुपका अनुसार नयाँ आउटलेट विस्तारको अवसरमा किचेनवेयर, रेडिमेड गार्मेन्ट, सारी, कुर्ता, जुत्ता–चप्पल, इलेक्ट्रोनिक्स र कस्मेटिक सामानमा १० प्रतिशत छुट दिइएको छ। उद्घाटनका दिन नयाँ आउटलेटमा सर्वसाधारणको बाक्लो भिड लागेको छ। नेपालको सहरी सपिङ कल्चरमा ट्रेन्ड सेटर मानिने भाटभटेनी सहरमा सजिलो किनमेलको पर्याय बनिसकेको ग्रुपको विज्ञप्तिमा उल्लेख छ।

‘त्यसले गर्दा नै नयाँ आउटलेट खुलेकै दिन सर्वसाधारणको भिड लागेको हो,’ विज्ञप्तिमा भनिएको छ।  दैनिक उपभोग्य वस्तु, गार्मेन्टलगायत घरायसी आवश्यकताका सबै सामान एकै ठाउँमा प्रतिस्पर्धी मूल्यमा पाइने हुँदा भाट भटेनीको लोकप्रियता दिनदिनै बढ्दै गएको दाबी गरिएको छ।

टंगालबाट सुरु भएको सुरु भएको भाटभटेनी सुपरस्टोर उपत्यकामा चुच्चेपाटी, भक्तपुर, कोटेश्वर, महाराजगन्ज, कलंकी, अनामनगर, त्रिपुरेश्वर, पुल्चोक, बालाजुमा यसअघि नै सञ्चालनमा आइसकेका छन्। उपत्यकाबाहिर धरान, नारायणगढ, पोखरा, बुटवल, विराटनगरमा भाटभटेनीका आउटलेट छन्। इटहरी, नेपालगन्जमा, भैहरवामा पनि निकट भविष्यमै आउटलेट खोल्ने योजना रहेको भाटभटेनी ग्रुपको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App