७ वैशाख २०८१ शुक्रबार
समाज

साता दिनदेखि सल्लेरी अन्धकार

सोलुखुम्बु – सल्लेरी–च्याल्सा विद्युत् कम्पनीले पावरहाउस मर्मतसम्भार थालेपछि सल्लेरीका सर्वसाधारण एक सातादेखि अन्धकारमा बस्न बाध्य छन्। पावरहाउसको नियमित मर्मतसम्भार अन्तर्गत नयाँ पावरहाउसको दुई सय ७३ किलोवाटको पेनस्टक पाइप मर्मत नसकिएपछि तोकिएको मितिभन्दा पर धकेलिएको कम्पनीले जनाएको छ।

वैशाख २९ गतेदेखि विद्युत् प्रसारण बन्द गरी मर्मतसम्भार सुरु गरेको कम्पनीले एक सातामा विद्युत्को नियमित प्रसारण गर्ने सूचना जारी गरेको थियो। यद्यपि बिग्रिएको करिब १५ मिटर पेनस्टक पाइप मर्मतको क्रममा समस्या देखिएपछि विद्युत् प्रसारणको समय लम्बिन गएको हो।

कम्पनीले सम्भव रहेसम्म आगामी जेठ ७ गतेदेखि आंशिक रूपमा विद्युत् प्रसारण गर्ने तयारीका साथ मर्मतको काम जारी राखेको बताएको छ। विद्युत् प्रसारण बन्द हँुदा सल्लेरी र आसपासका उपभोक्ता अन्धकारमा बस्न बाध्य छन्। विद्युत् अभावले जिल्लामा सञ्चालित दुई एफएम रेडियोको प्रसारण र बैंकिङ कारोबारलाई समेत प्रभाव पारेको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App