७ वैशाख २०८१ शुक्रबार
समाज

आरएसएफद्वारा पत्रकारमाथिको छानबिन रोक्न आग्रह

काठमाडौं – रिपोटर्स् विदआउट बोर्डर (आरएसएफ)ले राष्ट्रिय समाचार समितिमा कार्यरत तीनजना पत्रकारमाथिको छानबिन रोक्न सरकारसँग आग्रह गरेको छ। राससमा दलाई लामाको स्वास्थ्यका विषयमा प्रकाशित समाचारलाई लिएर चीनले दबाब दिएका कारण पत्रकारमाथि छानबिन सुरु गरिएको भन्दै उसले छानबिन रोक्न माग गरेको हो।

पत्रकारहरू मोहनी रिसाल, सोमनाथ लामिछाने र जीवन भण्डारीले तिब्बती धर्मगुरु दलाई लामाको स्वास्थ अवस्थाबारे एजेन्सीको समाचार अनुवाद गरेको भन्दै उनीहरुमाथि सरकारले छानबिन सुरु गरेको हो।

राष्ट्रपतिको चीन भ्रमणका बेला एक चीन नीतिमा गरिएको प्रतिबद्धताविपरीत समाचार प्रकाशित गरेको भन्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पत्रकारमाथि छानबिनका लागि निर्देशन दिएका थिए।

‘राससका पत्रकारले मानवीय रुचिका समाचारको रिपोर्टिङ गरेका हुन्,’ एसिया प्रशान्त डेक्सका लागि आएएसएफका प्रमुख डेनिएल बास्टार्डले भने। ‘के लेख्ने के नलेख्ने भन्ने निर्णय नेपाल सरकार वा काठमाडौमा रहेका चिनियाँ प्रतिनिधिले गर्ने होइन, हामी यो अनुसन्धान तत्काल बन्द गर्न आग्रह गर्छौं, र अस्वीकार्य हस्तक्षपको निन्दा गर्छौं, यसले नेपालका पत्रकारको स्वतन्त्रता हनन गरेको छ,’ डेनिएलले भनेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७६ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App