coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिशुलीमा बस खस्यो: मृतकको संख्या पाँच पुग्यो, २९ जना घाइते

त्रिशुलीमा खसेको बस। तस्बिर: सरिता/नागरिक

धादिङ - धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दाँ मृत्यु हुनेको संख्या पाँच पुगेकाे छ। चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा २९ जना घाइते भएका छन्। घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ।

भने अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।  बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको हो। दुर्घटनामा नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App