८ वैशाख २०८१ शनिबार
समाज

अपडेटः त्रिशुलीमा बस खस्यो, तीन जनाको मृत्यु

फाइल तस्बिर/नागरिक

धादिङ - झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक ना ७ ख ४३८७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय घादिङले बस त्रिशुलीमा खसेको पुष्टि गरेको छ। तर दुर्घटनास्थलमा टेलिफोन सम्पर्क समेत हुन नसकेकोले विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित: ५ जेष्ठ २०७६ ०१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App