७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘प्रेस स्वतन्त्रताविरोधी विधेयक पास हुन दिन्नौं’

विराटनगर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेस स्वतन्त्रताविरुद्ध सरकारले ल्याएको विधेयक संसद्बाट पास हुन नदिने बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीस“ग कुरा गर्दै उनले सरकारले ल्याएको स्वतन्त्र प्रेस र मानवअधिकार नै कुण्ठित बनाउने प्रावधानसहितका विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका हुन्।

‘प्रेस र मानव अधिकारलाई कुण्ठित गर्ने प्रावधान राखेर ल्याइएका विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान हो,’ देउवाले भने, ‘जर्बजस्ती गर्न खोजे संसद्बाट कुनै पनि हालतमा पारित हुन दिन्नौं।’ सरकारका गलत गतिविधिको कांग्रेसले शान्तिपूर्ण विरोध गर्ने देउवाले स्पष्ट पारे।

‘सरकारका गलत कामको शान्तिपूर्ण विरोध गछौं,’ देउवाले भने, ‘रेलिङ भा“च्ने, बन्द हडताल र तोडफोड गर्ने कांग्रेसको नीति हैन।’ पत्रकारले स्वतन्त्रपूर्वक लेख्न पाउनुपर्ने आफूहरूको स्पष्ट धारणा रहेको देउवाले बताए। ‘पत्रकारले आफैं बुझ्ने कुरा हो के लेख्ने के नलेख्ने’ देउवाले भने, ‘ सरकारले भनिरहनु पर्दैन।’ देउवाले सदनमा कांग्रेस प्रभावकारीरूपमा प्रस्तुत भइरहेको दाबी गरे। अदालत, मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेपविरुद्ध कांग्रेस रहेको देउवाले स्पष्ट पारे। सरकारले डेढ वर्षमा केही पनि काम नगरेको उनले बताए। महाधिवेशन समयमै हुने र कांग्रेसको जागरण अभियानले देशभर राम्रो सन्देश गएको देउवाको भनाइ छ। उनले भने, ‘जागरण अभियानले पार्टीलाई नयाँ ऊर्जा मिलेको छ।’ प्रधानमन्त्रीले जे पायो त्यही बोल्दै हिँड्ने बानी आफै सुधार्नु पर्ने देउवाको सुझाव छ। ‘प्रधानमन्त्रीले जे पायो त्याही बोल्दै हिँड्ने बानी आफंै सुधार्नुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको बानी सुधारिदिने म डाक्टर हैन।’

यसैबीच पूर्वमन्त्री तथा राजनीतिक विश्लेषक नरहरि आचार्यलाई विराटनगरमा सम्मान गरिएको छ। पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मान २०७५ बाट आचार्यलाई सम्मानित गरिएको हो। पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरले आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले दोषल्ला र सम्मानपत्रसहित आचार्यलाई सम्मानित गरेका थिए।

प्रकाशित: ५ जेष्ठ २०७६ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App