अष्ट्रेलिया निर्वाचन : सत्ताधारी दलको ‘अनपेक्षित कमजोर नतिजा’

शनिबार, ०४ जेठ २०७६, २१ : ५० एजेन्सी

सिड्नी - अष्ट्रेलियामा शनिबार सम्पन्न निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई अनपेक्षित निर्वाचन परिणाम आउने देखिएको यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ। एबीसी टेलिभिजनका अनुसार वर्तमान दलले पुनः सत्ताको बागडोर सम्हाल्ने अवस्थासमेत गुमाउनसक्ने देखिएको छ।

आगामी सरकार प्रधानमन्त्री स्कट मोरिसनको गठबन्धनको पक्षमा जाने तर उक्त गठबन्धनलाई पनि बहुमत प्राप्त हुनेछ वा अल्पमतको सरकारको बनाउने अवस्था आउनेछ भनिहाल्न मिल्ने नदेखिएको एबीसीले राजनीतिक विष्लेशकहरूलाई उद्धृत गरी उल्लेख गरेको छ।

मतदान सकिएसँगै शुरु भएको मतगणनाका कतिपय स्थानका परिणामहरू सार्वजनिक भएका छन् भने कतिपय स्थानमा मतगणना जारी रहेको छ।

पूर्व प्रधानमन्त्री अबोट पराजित

यसैबीच सिड्नीको वारिङगा निर्वाचन क्षेत्रबाट संसद सदस्यका लागि उम्मेदवारी दिएका लिबरल पार्टीका नेता तथा सन् २००९ देखि सन् २०१५ सम्म सरकारको नेतृत्वमा रहेका पूर्व प्रधानमन्त्री टोनी अबोट यस निर्वाचनमा पराजित भएका छन्।

अष्ट्रेलियाको पूर्व विदेशमन्त्री जुलिया बिशपले अबोटको पराजयको पुष्टि गर्दे नतिजाप्रति दुःख व्यक्त गर्दै भनेका छन्, “मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका अबोटको पराजयबाट म निकै दुःखी बनेको छु।”

पूर्व प्रधानमन्त्री अबोटको समलिङ्गी विवाह र जलवायु परिवर्तनबारेको विचार जनताबाट अनुमोदन हुन नसकेको उनले बताए।

यस बर्षको निर्वाचनमा एक करोड ६० लाख मतदाता मतदानका लागि योग्य ठहरिएका अष्ट्रेलियाली निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ।

स्थानीय समय अनुसार शनिबार विहान ८ बजे निर्वाचन शुरू भै साँझ ६ बजेसम्म मतदान भएका थियो। निर्वाचन आयोगले शुक्रबार राति दिएको जानकारी अनुसार शनिबार पहिले विभिन्न देशमा रहेका करिब ४७ लाख ६० हजार अष्ट्रेलियालीले मतदानमा भाग लिएका थिए। यो सङ्ख्या सन् २०१६ को मा ३२ लाख रहेको थियो। एएफपी







यसमा तपाईको मत


अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने  स्मार्टफोनहरू

एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने स्मार्टफोनहरू

यहाँ विभिन्न स्मार्टफोन निर्माताहरूको कुन कुन मोडलले एन्ड्रोइडको नयाँ संस्करणको अपडेट पाउने निश्चित भएको छ भन्ने कुराको जानकारी दिईएको छ

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागी आकर्षक अफर ल्याएको छ । ...

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...