८ वैशाख २०८१ शनिबार
अर्थ

पोखरामा टाटाको कार मेला

पोखरा– टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दीप मोटर्सको सहकार्यमा कार मेला सुरु गरेको छ। दीप मोर्टस सिप्रदीको पनि आधिकारिक बिक्रेता हो। बिभिन्न स्थानमा गर्दै आएको कार मेला शनिबारदेखि पोखरामा सुरु भएको छ। मेला आइतबारसम्म चल्नेछ। गत वर्ष झै यस वर्ष पनि देशका विभिन्न सहरमा कारमेला आयोजना गरेको आयोजकले बताएको छ। 

कार मेला सिप्रदी टे«डिङको कार्यालय बुद्धचोकमा हुने आयोजकले बताएको छ। मेलामा ग्राहकले एकै स्थानबाट बिभिन्न गाडी किनबेचको सुबिधा प्राप्त गर्न सक्नेछन्। मेलामा टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनैपनि पुरानो गाडीलाई नयाँ गाडीसँग साट्न पनि सक्ने विज्ञप्तीमा जनाइएको छ। 

यस मेलामा ग्राहकहरुले मेलामै वित्तीय सुविधाको सहजीकरण पनि हुनेछ। साथै  पुरानो गाडीको उत्कृष्ट मूल्याकंन सहितका सेवा तथा सुविधा पनि पाउने आयोजकले जनाएको छ। पर्यटकीय तथा रमणीय शहर पोखरामा दोस्रो संस्करण रहेको आयोजकले बताएको छ। मेलामा टेष्ट ड्राइभको सुविधा पनि रहेको आयोजकले बताएको छ।

प्रकाशित: ४ जेष्ठ २०७६ १५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App