६ वैशाख २०८१ बिहीबार
राजनीति

मुख्यमन्त्री पोखरेल पत्नीसहित सार्वजनिक बसमा सरर...

बुटवल- प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पत्नीसहित बुटवलबाट सार्वजनिक बस चढेर लुम्बिनी पुगेका छन्।रुपन्देहीका विभिन्न रुटमा चल्ने बस सेवाको रिबन काटेर उद्घाटन गरेर मुख्यमन्त्री पोखरेल पत्नीसहित उक्त बसमा चढेर लुम्बिनी पुगेका हुन्। बसमा सवार मुख्यमन्त्री पोखरेलले पर्यटन क्षेत्रको विकासमा यातायातको महत्व भएको भन्दै नयाँ बसका कारण लुम्बिनी आउने पर्यटकलाई थप सहज विश्वाससमेत दिलाए।

१० वटा अपांगमैत्री बस बुटवल–लुम्बिनीको रूटमा चल्नेछन्। प्रविधिको विकास भएसँगै उक्त बसमा वाइफाइ र एसी जडान गरिएको छ। ५२ सिटको क्षमताका बसमा सिसिटिभी क्यामेरा पनि जडान गरिएको छ। यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले १० करोड रूपैयाँ लगानीमा भिजन लुम्बिनी लिमिटेडले एसी बसहरु सञ्चालनमा ल्याएको छ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर रुपन्देहीमा सुविधासम्पन्न सार्वजनिक बस सेवा सिद्धबाबाबाट शुभारम्भ गरिएको छ।तराइमा सडकको विस्तार भएसँगै चार पांग्रे सवारी सधानको संख्या ह्वात्तै बढेको छ।

प्रकाशित: ४ जेष्ठ २०७६ १४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App