८ वैशाख २०८१ शनिबार
राजनीति

संविधानले सबै पक्षलाई समेटेको छ : दाहाल

‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ को उद्घाटन समारोहमा संवोधन गर्दै प्रचण्ड

नुवाकोट– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले सबै पक्षलाई समेटेको बताएका छन्।

ककनी गाउँपालिका– ४ रानीपौवामा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि  प्रदर्शनी मेला २०७६’  को उद्घाटन समारोहमा संवोधन गर्दै दाहालले नेपालको संविधान २०७२ को जगमा रहेर देशलाई संघीयतामा परिणत गरी  स्थानीय सरकारहरु गठन गरिएको बताए।

‘संविधानले सबै पक्षलाई समेटेको छ। तीन तहको सरकार भएर जनताको समृद्धिको लागि काम गरिरहेका छौँ,' प्रचण्डले भने, 'पहिलो वर्षलाई आधार वर्षको रुपमा लियौँ। सरकार अहिले दोश्रो वर्षमा प्रवेश गर्दैछ। देशलाई  विकास गर्न नयाँ गतिको साथमा अघि बढाउन दृढ छौँ।'

शनिबारदेखि सुरु भएको कृषि मेलामा प्रचण्डले देश विकासको लागि नेता मात्र नभइ गाउँगाउँका सबै नागरिकले आफ्नो परिवार र गाउँको आर्थिक समृद्धिको लागि पहल गर्नुपर्ने बताएका छन्। उनले  विकासको काममा सबै भन्दा बढी ठेकेदार हाबी भएकाे दाबी गरे। उनले भने 'पर्याप्त श्रोत र साधन नभएकाे एउटै ठेकेदारले दश बाह्र वटा ठेक्का लिएका हुन्छन्। त्यसैले काममा ढिला सुस्ति भएको महसुस गरेको छु।' उनले ठेक्का प्रणालीलाई नियमन गर्न पहल गरेकाे समेत दाबी गरे।

वि.सं २०१० साल साउन ३ गते नुवाकोटको तुप्चेमा जन्मेका पोष्टबहादुर बोगटीको विसं २०७१ साल भाद्र ३० गते हृदयघातको कारण मृत्यु भएको थियो।

मेलाको उद्घाटन समाराेहमा संघीय सांसदहरु हितबाहदुर तामाङ, नारायणप्रसाद खतिवडा, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डाक्टर रामशरण महत, प्रदेश सांसदहरु बद्रि मैनाली, नारायण पाण्डे, हिरानाथ खतिवडा, लगायत स्थानीय तहका प्रमुख उपप्रमुखहरुले नुवाकोटलाई कृषिको हब बनाउन प्रयासरत रहेको बताएका छन् ।

प्रकाशित: ४ जेष्ठ २०७६ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App