७ वैशाख २०८१ शुक्रबार
राजनीति

चीनको ल्हासा हुँदै लुम्बिनीसम्म रेल चलाएर २० लाख बौद्ध धर्मावलम्बी भित्र्याउँछौंः गृहमन्त्री थापा

डुक्पा छिरिङ मोक्तान

कठामाडौं– गृहमन्त्री रामबहादुर थापाले शान्ति, खुसी नेपाली विना देशले समृद्धि हासिल गर्न असम्भव रहेको बताएका छन्। गौतम बुद्धको २५६३ औं जन्मजयन्तीका अवसरमा शनिबार बौद्धमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै मन्त्री थापाले शान्ति विना आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको लागि अहिलेको सरकार लागि परिरहेको बताए। त्यस्तै मन्त्री थापाले समाजको विकासको लागि दिगो शान्ति आवश्यक रहेको भन्दै शान्तिको माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताए। 

नेपालमा वार्षिक २० लाख बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन सकिने उनले बताए। ‘चीनको ल्हासा हुँदै लुम्बिनीसम्म रेल मार्ग जोडेर लुम्बिनीमा बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन सकिन्छ’, मन्त्री थापाले भने। 

नेपाल बुद्धको जन्मभूमि भएकाले भ्रष्टाचार, द्वन्द्व, चोरी, अपराध गर्न नहुने बताए। ‘विश्वका देशहरु हात हतियार बनाउन अर्ब डलर लगानी गरिरहेका छन्। तर नेपाललाई  शान्तिको बाटोबाट विश्वमा चिनाउनुपर्छ।’ नेपालाई विश्वसामू चिनाउन सर्वोच्च शिखर सगरमाथ मात्र नभई गौतम बुद्ध पनि रहेको उनको भनाई छ। बुद्धको दर्शन, शिक्षा, आत्मासाथ गरेर लैजानु पर्ने उनले बताए। 

नेपालमा ठूलो राजनीतिक परिवर्तन भएसँगै देश संघीयतामा गएकाले अब देश आर्थिक समृद्धितर्फ अघि गएको उनले बताए। अहिलेको सरकार भ्रष्टचारको अन्त्य गर्न सफल भएको उनले जिकिर गरे। 

प्रकाशित: ४ जेष्ठ २०७६ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App