coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौंमा वर्षा

काठमाडौं– शनिबार बेलुकी काठमाडौंमा हावाहुरी सहित वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार बेलुकी पश्चिमी भेगलगायत मध्य र पूर्वी पहाडि भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित  क्षणिक वर्षाको संभावना रहेको पूर्वानुमान गरेको थियो।

महाशाखाका अनुसार आज राति देशको पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली, पश्चिमि तराई लगायत पूर्वी र मध्य पहाडि भु-भागमा आंशिक बदली र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भेग लगायत मध्य र पूर्वी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना छ। देशको हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।

आइतबार पनि देशका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार देशका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ।

प्रकाशित: ४ जेष्ठ २०७६ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App