बालबालिकालाई पढाउने कि सिकाउने?

शनिबार, ०४ जेठ २०७६, १३ : २२ नागरिक

कुसुम केसी
प्रत्येक दिन एउटा हातमा हरियो पासपोर्ट बोकेर अर्को हातले लगेज गुडाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिर्ने युवाहरूको ठूलो भीड देख्न सकिन्छ। काठमाडौंबाट प्रत्येक दिन करिब एक हजार पाँच सय युवा बाहिरिने गरेको तथ्यांकले बताउँछ। चाहे ती रोजगारीका लागि खाडी मुलुक जाने हुन् या उच्चशिक्षाका लागि युरोप वा अमेरिका। जहाँ गए पनि आखिर नेपाली युवाशक्ति विदेशी श्रमबजारमा नै खपत हुनेहुन्।

स्कुल पढ्दैगर्दा पनि कतिपयको सपना विदेश नै हुने गरेको छ। पैसा कमाउने ठाउँ खाडी मुलुक, अमेरिका, युरोप वा अस्ट्रेलिया नै हुन् भन्ने मानसिकता युवाहरूमा विकास भइरहेको छ। त्यसैले स्कुले अवस्थादेखि नै युवाहरू विदेश जाने प्रक्रियामा सामेल हुन्छन्। अमेरिका, युरोप, अस्टे«लिया पढ्न गएका विद्यार्थी खाना बनाउन, कपडा धुन, सामान किन्न नजानेर रुनुपरेको अवस्था रहेको छ। रोजगारीका लागि विदेश जानेहरू पनि हातमा सीप नभएर भनेजस्तो काम पाउन असमर्थ हुन्छन्। उपयुक्त परामर्शको कमीले उनीहरूले कष्टकर जीवन बिताउनुपर्छ। तोकिएको काममा दक्ष नभएकाले उनीहरूलाई काम गर्न पनि निकै कठिन पर्छ। आखिर यो सब किन भइरहेको छ त ? नेपाली युवाहरू किन दक्ष बन्न सकिरहेका छैनन् ? यसको पछाडिको एउटा प्रमुख कारण हो, हाम्रो शिक्षा नीति। हामीलाई दिइने शिक्षा व्यवहारमुखी छैन, सीप सिकाउने खालको छैन। हामीलाई विद्यालयमा पढाउन त पढाइन्छ तर सिकाइँदैन।

झोला बिसाउन पाएको हुँदैन अभिभावकबाट पढाइकै विषयमा बालबालिकाले कचकच सुन्नुपर्छ। घर आउन पाएको छैन खाजा खाएर पढ भन्ने शब्द अभिभावकबाट सुन्नासाथ बालबालिकालाई रिस उठ्छ।

 

बालबालिकालाई झोलाभरि महँगा किताब, ठूला–ठूला नोट कापी, पानी, टिफिन राखेर विद्यालय पठाइन्छ। बालबालिकाको उमेर र तौलभन्दा ठूलो झोलाको भारी उनीहरूको पिठ्यूँमा हुन्छ। बिहान सबेरैदेखि बेलुकी अबेरसम्म उनीहरू स्कुलमै र पढाइमै व्यस्त हुन्छन्। ट्युसन भन्यो, होमवर्क भन्यो, प्रोजेक्ट वर्क भन्यो के के हो के के ! बालबालिकालाई खेल्ने र सोच्ने समय नै हुँदैन। त्यसैले पनि प्रायः बालबालिका स्कुल जानै मान्दैनन् र शनिबार कहिले आउँछ भनेर औंला भाँचेर बस्ने गर्छन्। बालबालिका यस्तो मानसिकता विकास हुनु भनेको पढाइप्रतिको वा स्कुलप्रतिको वितृष्णा जाग्नु हो।

स्कुलमा किताब लिएर आएको छ या छैन हेरिन्छ। होमवर्क गरेको छ कि छैन जाँचिन्छ। होमवर्क नगरेको पाइए सजाय दिइन्छ। उनीहरूलाई होकवर्क किन गर्नु आवश्यक छ भनेर बताइँदैन। होमवर्क गर्नका लागि उत्साहित गराइँदैन। मात्र सजाय सुनाइन्छ।

आज अधिकांश सामुदायिक विद्यालयहरूमा प्राथमिक तहमा शिक्षाको गुणस्तर खस्किँदै गएको छ। कपाल सेतै फुलेका, पेन्सन निस्कने अवस्थामा पुगेका शिक्षकहरूबाट उही पुरानोे शैलीमा बालबालिकालाई पढाइन्छ, जुन कुरा आजको युगका बालबालिका रुचाउँदैनन्। बालबालिकाको स्वभाव नै जिज्ञासु, चञ्चल हुन्छ। उनीहरू स्कुलमा रमाइला रमाइला खेलहरूका माध्यमबाट पढ्न चाहन्छन्, नयाँ कुरा सिक्न चाहन्छन्। खेल तथा शैक्षिक सामग्रीको प्रयोगबाट अध्ययन अध्यापन गर्दा बालबालिकाले छिट्टै सिक्ने र पछिसम्म पनि स्मरण रहने हुन्छ। अझ भन्ने हो भने त ‘म गर्छु, तिमी गर, हामी गरौं’ प्रणालीबाट बालबालिकालाई सिकाउने वातावरण सिर्जना गरियो भने यसले सिकाइ उपलब्धिमा थप सुधार भएको पाइन्छ।

हाम्रो शिक्षा प्रणालीले बालबालिकामा पढाइप्रति नै वितृष्णा प्रदा गर्ने गरेको पाइन्छ। दिनभरि एकोहोरो स्कुलमा पढाएको कुरा सुन्यो अनि घर पुगेर झोला बिसाउन पाएको हुँदैन अभिभावकबाट फेरि त्यही पढाइकै विषयमा बालबालिकाले कचकच सुन्नुपर्छ। घर आउन पाएको छैन खाजा खाएर पढ भन्ने शब्द अभिभावकबाट सुन्नासाथ बालबालिकालाई रिस उठ्छ। अभिभावकहरूले आफ्ना बच्चालाई अरू बच्चाहरूसँग दाँज्दा बालबालिकालाई औधी रिस उठ्छ।

विद्यालयमा गल्ती हुँदा शिक्षकहरूले गाली गरेजस्तै घरमा पनि काम बिगार्दा बुबाआमाले गाली गर्दा बालबालिकालाई रिस उठ्छ। उनीहरूलाई घर र स्कुल कतैबाट पनि माया नपाएको अनुभूति हुन्छ। गल्ती हुँदा सम्झाउने, सिकाउनेतर्फ लाग्नुभन्दा स्कुलमा झै अभिभावकहरू पनि गल्ती गर्दा गाली गर्ने बच्चालाई सजाय दिने काम गर्छन् जसले बालमस्तिष्कमा नराम्रो असर पर्छ। बालबालिकाको दिमागमा नकारात्मक छाप गर्न जान्छ। परिणामस्वरूप यदि समाजमा कुनै एक विद्यार्थी एउटा कुरामा असफल भयो भने ऊ आफूलाई सबै कुरामा असफल ठान्न थाल्छ। समाजमा अनुहार देखाउन लजाउँछ। स्कुलै जान मन गर्दैन। किनकि स्कुलमा पढाइन्छ तर सिकाइँदैन।

जहाँ पढाइन्छ त्यहाँ गल्ती गर्दा कुटिन्छ, रेस्टिकेट गरिन्छ, मुर्गा बनाइन्छ, सबैका सामु लज्जित गराइन्छ। होमवर्क नगरे मुर्गा बनाइन्छ। सजायका अनेक रूप प्रयोग गरिन्छ। तर सिकाउने ठाउँमा गल्ती गर्दा सुधार्ने तरिका सोचिन्छ र सुधारिन्छ। सिकाउनेहरूले किन मैले सिकाउँदा पनि उसले सिकिरहेको छैन भन्ने सोच्छ र बच्चालाई होइन आफूलाई सुधार्ने प्रयत्न गर्दछ। जीवन उपयोगी सीप सिकाइमा बच्चालाई अग्रसर गराइन्छ। गलत गर्ने वा सक्रिय नहुनेलाई विशेष रूपमा परामर्श तथा प्रेरणा दिइन्छ कि मेरो गल्तीले मलाई आफूलाई नै घाटा हुन्छ भन्ने आत्मबोध गराइन्छ।







यसमा तपाईको मत


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...