७ वैशाख २०८१ शुक्रबार
समाज

डोल्पामा सडक दुर्घटना बढ्दै

डोल्पा - पछिल्लो समय हिमाली जिल्ला डोल्पामा सडक दुर्घटना बढेको छ। भर्खरै खुला गरिएको कच्ची सडक सवारी चालकहरुको लापरवाही र सुरक्षा निकायको कमजोर उपस्थितिका कारण सडक दुर्घटना बढ्दै गएको स्थानीयहरु बताउँछन्। अव्यवस्थित तवरले जिल्लामा भित्रिएका मोटरसइकल,जीप तथा ट्रयाक्टरहरु र सिकारु चालकको लापरवाहीका कारण महिनैपिच्छे सडक दुर्घटना हुने गरेको छ।

शुक्रवार राती ८ बजेर ३० मिनेटको समयमा त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट बगरस्थित बजार लाइनमा ठुलीभेरी नगरपालिका ९ मोतिपुरका अन्दाजी २५ बर्षीय सन्जय कठायतलाई रा १ ज ५०१ नम्बरको जीपले किच्दा कठायतको बाँया खुट्टा भाचिँएको छ। त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ खदाङ्गबाट यात्रु बोकेर त्रिपुराकोट तर्फ आउदै गरेको अवस्थामा कठायतलाई किचेको प्रहरी चौकी त्रिपुराकोटका नायव निरीक्षक टेकबहादुर देउबाले जानकारी दिए। घाइते कठायतको अवस्था गम्भिर देखिएपछि ब्यापारीहरु मिलेर शुक्रबार रातीनै उपचारकालागि जिल्ला अस्पताल डोल्पामा लगिएको छ।

 चिकित्सकले डोल्पामा उपचारमा सम्भब नहुने बताउँदै नेपालगन्जको लागि रिफर गरिएपनि पनि आर्थिक अभावको कारण जिल्ला अस्पताल दुनैमा नै उपचार भइरहेको छ। उपचारमा समस्या भएपछि व्यापारीहरुले प्रत्येक व्यवसायिबाट चन्दा संकलन सुुरु गरेका छन।घाइते कठायत सुस्तमनस्थितिको भएको र बेवारिसे रुपमा लामो समयदेखि त्रिपुरकोटमा पर्ने बगर बजारमा बस्दै आएका थिए। त्रिपुराकोटमा बजारीकरण बड्दै गएसँगै सडक दुर्घटना,चोरी लगायतका घटना बड्न थालेपनि प्रहरीले शसक्त रुपमा कामगर्न नसकेका त्रिपुराकोट उद्योग बार्णिज्य संघका प्रतिनिधि पुर्णकेशर न्यौपानेले बताए।

घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै ब्यापारीहरुले त्रिपुरासुन्दरी नगरपालिका कोट बजारमा प्रदर्शन गरेका छन।जाजरकोट जिल्ला नलगाड नगरपालिका १२ बस्ने जीप चालक महेन्द्र बिष्टलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ। डोल्पा सडक सन्जालमा जोडिएपछि दुई दर्जन भन्दा बढी सडक सवारी दुर्घटनाका घटना भइसकेका छन।

प्रकाशित: ४ जेष्ठ २०७६ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App