coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

ज्येष्ठ नागरिक भन्छन्,‘सन्तानको माया पाए पुग्छ’

ज्येष्ठ नागरिकलाई झुल वितरण गरिँदै। तस्बिरः नागरिक

दुलेगौँडा (तनहुँ)– शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयार पार्न गृहकार्य थालेको छ। आगामी जेठ १२ गतेबाट नगरपालिकाले नगरसभाको तयारी थाल्दै छ।

विषयगत शाखाले भने यसको तयारी सुरु गरेका छन्। नगरसभाबाट ज्येष्ठ नागरिकका मागलाई सम्बोधन हुने खालका कार्यक्रम ल्याउन सामाजिक विकास शाखाले शुक्रबार अन्तरक्रिया कार्यक्रम आयोजन गरेर उनीहरूबाट सल्लाह सुझाव संकलन गरेको छ।

शुक्लागण्डकी–६ खैरेनीटारकी ७५ वर्षीया लक्ष्मी पौडेलले बुढेसकालमा सन्तानको माया आवश्यक हुने बताइन्। ‘छोराछोरीलाई भन्दा खाइनखाई गरेर हुकाइन्छ,’ उनले भनिन्, ‘हामीलाई बुढेसकाल लागेपछि वृद्धाश्रम लगेर राख्छन्। हिजो उनीहरूलाई गरेझैं माया हामी चाहन्छौं।’ सन्तानको माया पाए सबथोक पुग्ने उनको भनाइ छ। ‘माया नै सबै सुखसयल हो,’ उनले भनिन्।

शुक्लागण्डकी–९ घारीका ६८ वर्षीय जंगबहादुर गोदारले भने, ‘पार्क भइदिए बुढेसकालमा बालापनका दौँतारी भेला भएर पुराना दिन सम्झिँदै सुखदुःखका कुरा गर्न पाउथ्यौं।’


वृद्धवृद्धाका लागि वडामा एउटा पार्क आवश्यक रहेको शुक्लागण्डकी–९ घारीका ६८ वर्षीय जंगबहादुर गोदारले बताए। ‘पार्क भइदिए बुढेसकालमा बालापनका दौँतारी भेला भएर पुराना दिन सम्झिँदै सुखदुःखका कुरा गर्न पाउथ्यौं,’ उनले भने। गोदारले सबै जातलाई समान व्यवहार गरेर एकै उमेरमा वृद्धभत्ता उपलब्ध गराउनुपर्ने विचार व्यक्त गरे। उनले अगाडि भने ‘जातीय विभेद गर्न हँुदैन भन्ने तर जातअनुसार फरकफरक उमेरमा भत्ता दिँदा झन् विभेद गरेजस्तो भयो।’ अहिलेका सन्तानले बाबुआमालाई  सम्मान गर्न नसकेको उनले गुनासो पोखे।

नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख हीमा पोखरेलले छलफलबाट संकलित सुझावको आधारमा ज्येष्ठ नागरिकलाई राहत मिल्ने खालका योजना र कार्यक्रमहरू सञ्चालन गर्ने बताइन्। ज्येष्ठ नागरिकको संघर्षले नै परिर्वनतको महसुस गर्न पाएको भन्दै उनले वृद्ध बुबाआमालाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘उहाँहरूको ज्ञान, सीप र अनुभवलाई बटुलेर सदुपयोग गर्न सक्छौं।’

नगरपालिकाका प्रत्येक वडामा ज्येष्ठ नागरिकका कार्यक्रम समावेश हुनुपर्ने, सार्वजनिक सवारीमा यात्रा गर्ने ज्येष्ठ नागरिकलाई छुट उपलब्ध गराउन सरोकारवालासामु पहल गर्नुपर्ने सुझाव राखिन्। उनले सरकारी कार्यालयहरूबाटै ज्येष्ठ नागरिकमैत्री सेवा प्रवाह नभएको गुनासो पोखिन्।

सुझाव तथा गुनासोलाई सम्बोधन गर्न सरोकारवालालाई भेला गराएर अन्तरक्रिया गराउने नगरपालिकाले जनाएको छ। यहाँका १२ वडाबाट ज्येष्ठ नागरिकको प्रतिनिधत्व गर्दै २४ जना सहभागी थिए। सहभागीहरूलाई नगरपालिकाले झुल वितरण गरेको थियो।

प्रकाशित: ४ जेष्ठ २०७६ ०७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App