coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लुम्बिनीमा शान्ति यात्रा (फाेटाेफिचर)

काठमाडाैँ - विश्व शान्तिका दूत गौतम बुद्धको २५६३ औ जयन्तीका अबसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबार बिहानैदेखि तीर्थालुकोे भिड लागेको छ । बौद्धमार्गी भिक्षु, पर्यटक एवं तीर्थालुहरु मायादेवी मन्दिरका साथै लुम्बिनीग्रामका विहार तथा गुम्बामा पूजापाठ तथा ध्यान गरिरहेका छन् । धार्मिक तथा सामाजिक एवं पर्यटन सम्बन्ध संस्थाहरुले शान्ति पदयात्रा मार्फत लुम्बिनीमा शान्तिको कामना गरिरहेका छन् ।

शुक्रबार रातीदेखि नै रंगीविरंगी बिजुलीले मायादेवी मन्दिर झिलिमिलि बनाइएको छ । यसै अबसरमा प्रधानमन्त्री केपी ओलीले शुक्रबार राती मायादेवि मन्दिर हाताको पुष्करणी पोखरीको डिलमा दिप प्रज्वलन गरे । उनी मायादेवी मन्दिर आउनु डेढ घन्टा अघि अपरान्ह साँढे पाँच बजेदेखि राती ८ बजेसम्म सर्बसाधारण र पर्यटकलाई मायादेवी मन्दिर क्षेत्र प्रवेशमा रोक लगाइएको थियो । यसबाट तीर्थालु मर्कामा परेका थिए ।

प्रदेश नं ५ को सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाइरहेको छ । उसले लुम्बिनी जाऔं, शान्तिको सञ्देश फैलाऔं भन्ने मुल नारा बोकेर सुरु गरेको भ्रमण वर्षको शनिबार औपचारिक रुपमा शुभारम्भ गरिएको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ । गत वर्ष नेपाली र विदेशी गरि १५ लाख भन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए ।

भ्रमण वर्षले पर्यटक बढाउनेमा पर्यटन व्यवसायी आशावादी छन् । लुम्बिनी क्षेत्रमा धमाधम सुविधायुक्त होटल निर्माण भैरहेका छन् । यहाँका महलीबार र पर्सा बजार क्षेत्रमा मात्रै साना र ठूला गरि ७५ वटा होटलमा २६ सय बेड रहेको सिद्धार्थ होटल एशोसियसनका महासचिव लिलामणि शर्माले जानकारी दिएका छन् ।
    

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App