८ वैशाख २०८१ शनिबार
अन्य

बाल मनोविज्ञानको तस्बिर

लेखक डि.आर. ‘तिलस्मी’ उपन्यास लिएर आएका छन्। बालमनोविज्ञान, सामाजिक परिवेश र युवाको अठोट शक्ति भए परिवर्तन सम्भव छ भन्ने देखाएको छ यसले। उपन्यासलाई पठनीय बनाउन, शिक्षा, स्वास्थ्य, फेसन र खेलकुदलाई पनि चट्नीका रूपमा राखिएको छ। उपन्यासकार लेख्छन्ः ‘एउटा युवाले लक्ष्य प्राप्तिका लागि गरेको त्याग, समर्पण, अरूका लागि प्रेरणा बन्न सक्छ। कल्पनाको यो तस्बिरभित्र बाल मनोविज्ञान, पारिवारिक संस्कार, सकारात्मक सोच, इच्छाशक्ति र असल युवाको संगतले कायाकल्प भएको देखेँ र लेखे।’

उपन्यासमा धनी परिवारका बालक विराज र गरीब परिवारको बालक धनराजको मित्रताको मनोविज्ञान केलाउने प्रयास गरिएको छ। धनी र गरीबबीचको विभेद् ठूलालाई मात्र छ। तर बालबालिकामा हुँदैन। यो संस्कार र संस्कृति परिवारले सिकाउँछ। घरका ठूला सदस्यको हठका कारण धनी र गरीब बीचको खाडल गहिरिँदो छ। खाडल पुर्न बालबालिकामा खेलकुद, मनोरन्जन र सामाजिक कार्यले योगदान गरेको हुन्छ भनेर लेखकले प्रमाणित गरेका छन्।

बाल मनोविज्ञानले धनी र गरिब बीच विभेद गर्दैन।  

मूल पात्र विराजको नेतृत्वमा बनेको स्वतन्त्र बाल क्लब र क्लबले गर्ने खेलकुद र सामाजिक विकासका कामले समाजमा आएको परिवर्तनलाई उपन्यासमा उजागर गरिएको छ। साथै बालबालिका कसरी लागु औषधको दुव्र्यसनी हुन्छन् र अपराधी बन्न थाल्छन भन्ने विषयमा समेत लेखकले ध्यान पु¥याएका छन्। साथै गाउँबाट ठूला सपना बोकेर शहर पसेकाहरूको पीडा, मादक पदार्थ सेवनले परिवारमा पर्ने असर र सहरमा पाइने दुःखलाई समेत उपन्यासमा उजागर गर्ने प्रयास गरिएको छ। धनी परिवारमा हुने दम्भ र गरीब परिवारमा हुने हिनताबोधलाई समेत उपन्यासमा समेटिएको छ।

उपन्यासको तेस्रो पक्ष भनेको धनी परिवारमा जन्मिएर राम्रो शिक्षा पाएका विराजको अठोट र साहसलाई कथा बनाएको छ। शब्दकोषका अनुसार ‘तिलस्मी’ शब्दको अर्थ अपत्यारिलो काम, चटक जस्तो भन्ने बुझिन्छ। ठिक त्यस्तै धनी परिवारमा जन्मेका पढेलेखेका युवाले गाउँको विकास गर्ने कल्पना गर्नु र काम गर्नु , सम्पत्तिका लोभ नगर्नु, विदेश मोह नहुनु, सबैलाई सहयोग गर्नु, जुनसुकै काममा योजनाबद्ध गर्नु र सफलता पाउनु, अन्तर्जातीय विवाह गर्नु लगायतका विषयलाई ‘तिलस्मी’का रूपमा चर्चा गरिएको छ।

प्रकाशित: ४ जेष्ठ २०७६ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App