७ वैशाख २०८१ शुक्रबार
भिडियो

अर्को पल्ट दुई तिहाईको सरकार बन्छ- ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपाले दुई तिहाइ मत ल्याएर सरकार निर्माण गर्ने दाबी गरेका छन्। बल्खुमा आयोजित मदन–आश्रितको २६औं स्मृतिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी भित्रका कमी कमजोरीलाई सच्याउदै अनुशासित पार्टी बनाउने बताए।

'अहिले हामी सँग अलिकति दुई तिहाई छैन। नपचेर के गर्ने, अर्कोपल्ट दुई तिहाईको सरकार बन्छ'- प्रधानमन्त्री ओलीले भने। मेरो सरकारको विषय उचालेर नेपाली कांग्रेसले राष्ट्रपतिको भन्दा पनि गणतन्त्रतात्मक प्रणाली र पद्धतिको विरोध गरेको उनको भनाइ थियो।

'सरकारको नीति तथा कार्यक्रमलाई  राष्ट्रपतिले आफ्नो नभने कसको सरकार भन्ने ? कांग्रेसले आफूलाई जेठो पार्टी भन्छ तर अहिलेसम्म बुझेनछ। कांग्रेस र बुद्धिजीवीले स्याल हुइँया मच्चाए' प्रधानमन्त्री ओलीले भने।

मदन भण्डारीले अगाडि सारेका सोचहरुकै कारणले आज कम्युनिस्ट पार्टी बलियो भएको ओलीको भनाइ थियो।

थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: ३ जेष्ठ २०७६ १७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App