‘नियोजितरुपमा सरकारविरुद्ध अभियान चलाइँदै छ’

शुक्रबार, ०३ जेठ २०७६, २१ : ४१ नागरिक

कपिलवस्तु– प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गलत काम गरेर जनताबाट आलोचित नभए पनि नियोजित प्रचारका कारण भ्रम सिर्जना गर्न खोजिएको बताएका छन्।

नेकपा कपिलवस्तुद्वारा आयोजित मदन–आश्रित स्मृति दिवस तथा अगुवा कार्यकर्ता प्रशिक्षण एवं जिल्ला नेताको शपथ समारोहलाई सम्बोधन गर्दै उनले सिण्डिकेट अन्त्य गर्न खोज्नु, काम नगर्ने ठेकेदारमाथि कारवाही थाल्नु, सरकारी जग्गा कब्जा गर्नेमाथि छानबिन थाल्नु, वैदेशिक रोजगारमा ठगी गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउनु जस्ता काम थाल्दा ती क्षेत्रबाट गलत फाइदा उठाएकाले नियोजित  रुपमा सरकार विरुद्ध अभियान चलाइरहेको बताएका हुन्।

कार्यक्रममा कृषि तथा पशुपक्षीमन्त्री चत्रपाणि खनालले जनतामा देखिने गरी परिवर्तन गर्न कम्युनिष्ट सरकार बनेको बताए। उनले अबको बजेट सार्वजनिक हुँदा जनतामा आशा र भरोसाका किरण पलाउने  स्पष्ट पारे। नेकपाका प्रदेश अध्यक्ष ओनसरी घर्तीले नेकपाको निर्माण देशमा समाजवाद स्थापनाका लागि भएकाले संविधानले सुनिश्चित गरेको समाजवाद जनताको घर हुँदै समाजका सबै क्षेत्रमा सुनिश्चित गर्न केही समय लाग्ने बताए। रासस





यसमा तपाईको मत

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad