७ वैशाख २०८१ शुक्रबार
समाज

अवसरवादी कम्युनिष्टहरुले मुलुक डुबाए: बैद्य

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन्।


सीपी गजुरेलद्वारा लिखित 'राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ पुस्तकको शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै बैद्यले सच्चा कम्युनिष्टहरु मुलुकको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति सम्पन्ने गर्ने पनि बताए।

सत्तारुढ नेकपाप्रति संकेत गर्दै बैद्यले संशोधनवाद र अवसरवादमा फसेका कम्युनिष्टहरुले मुलुकलाई डुबाएको टिप्पणी गरे। महासचिव बैद्यले जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाड्ने दावी गरे। सच्चा क्रान्तिकारीहरु एकजुट हुन आवस्यक रहेको उनको भनाइ थियो। 

प्रकाशित: ३ जेष्ठ २०७६ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App