coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवरोध पछि धरहरा पुनर्निर्माणको काम अवरुद्ध

काठमाडौं- स्थानीयवासीको अवरोधका कारण धरहरा पुनर्निर्माणको काम अवरुद्ध भएको छ। स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग राख्दै आएका छन्। आफ्नो माग पुरा नभएको भन्दै उनीहरुले शुक्रबार बिहान निर्माणमा अवरोध गरेका थिए।

धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए। धरहराको करिव १३ प्रतिशत काम सम्पन्न भईसकेको छ।

स्थानीयले विगत ६ महिनायता आफूहरुलाई आवात जावतका लागि सहज बनाउन पनि पैदलमार्ग खुलाउन धराहरा निर्माण समितिसँग माग गर्दै आएका थिए। उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दवाव दिँदै आएका छन। ६ महिनायता पैदलमार्ग समेत नखुलाइको कारण आफूहरु मारमा पर्नु परेको स्थानीय व्यापारी अनिता बुढाथोकीले बताइन्।

यता, धराहरा निर्माण समितिले धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँग छलफल भईरहेको र आजै सो सम्बन्धमा आवश्यक निर्णय हुने पनि जनाएको छ। पूरातत्वविद् राजुमान मानन्धरले हुलाक कार्यालय र काठमाडौं मलको बीचका पैदल मार्ग खुलाएर स्थानीयको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री कार्यालयसँग आवश्यक छलफल भईरहेको बताए।

प्रकाशित: ३ जेष्ठ २०७६ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App