८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

दुबईमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

दुबई -  दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान दुर्घटनामा परेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानस्थलबाट तीन माइल दक्षिणमा विमान दुर्घटना भएको हो। विमानमा सवार चारै जनाको मृत्यु भएको छ। विमान बिहीवार साँझ साढे ७ बजे दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

वेस्ट ससेक्सस्थित शरम विमानस्थलबाट सञ्चालित फ्लाइट क्यालिब्रेशन सर्भिसेज नामक कम्पनीको स्वामित्वमा रहेको सो चारसिटे विमानमा चालक र सहचालकबाहेक दुई यात्रु सवार थिए ।

यूकेमा दर्ता गरिएको डी ए ४२ विमानमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु भएको यूएईका अधिकारीहरूले बताएका छन् । दुर्घटनाबारे छानबिन थालिएको यूएईको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित: ३ जेष्ठ २०७६ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App